
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५७ मत पाएका छन् । स्वर्णिमले गोविन्द भन्दा ५ हजार २ सय ५६ मतले अगाडी छन् ।
स्वर्णिम वाग्ले राष्टिय स्वतन्त्र पार्टी १०२५९
गोविन्द भट्टराई नेपाली काग्रेस ५००३
सर्वेन्द्र खनाल नेकपा एमाले २७५७
अन्तर ५२५६





