राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल पाए विश्वासको मत

सुरेन्द्रराज पाण्डे
पोखरा, २१ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभामा आज उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उनको विपक्षीमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । पाण्डेलाई नेपाली काग्रेस, माओवादी र एकिकृत समाजबादीको समर्थन रहेको छ भने एमाले विपक्षीमा रहेको छ । त्यसै गरी राप्रपाले तटस्थ बसेको छ ।कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले विश्वासको मत लिदै

सुरेन्द्रराज पाण्डे
पोखरा, २१ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिदै छन् । पाण्डेले विश्वासको मत आज दिउँसो २ बजे संसदमा लिदै छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले बैशाख १५ गते शपथ लिए र २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । पाण्डेले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् । ६० सिट रहेको गण्डकी प्रदेशमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत… पुरा पढौ

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे ?

सुरेन्द्रराज पाण्डे
पोखरा, १४ बैशाख/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विद्यार्थी बेलाबाटै राजनीतिमा लागेर उदाएका हुन् । २०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकलादेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आबद्ध थिए । २०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन बिश्वबिद्यालबाट स्नातक गरेका छन् ।२०३६ सालमा नेवि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका थिए । उनी २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । २०४९ मा नेवि संघको केन्द्रीय… पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
पोखरा, १४ बैशाख/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाइ संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरे । पाण्डेलाई कांग्रेसको २७, माओवादीको ७ र १ स्वतन्त्र सहित ३५ सांसदको समर्थन छ ।… पुरा पढौ

ढाका कुमार श्रेष्ठको सांसद पद गयो

ढाकाकुमार श्रेष्ठ
पोखरा, १२ वैशाख/ रास्वपाका ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ । एक व्यापारी दुर्गा प्रसाई सँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् । पुरा पढौ

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले अत्याधिक मतकासाथ बिजयी

डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ बैशाख/ तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउदा भट्टराई २० हजार ९२ मतले पछ्याए । त्यसै गरी नेकपा एमालेका सबेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरे । वाग्लेले खसेको मतको आधा भन्दा बढी मत प्राप्त गरे । मत परिणामको अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा… पुरा पढौ

तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेले कति मत ल्याउलान् ?

डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले गणनाका ५० प्रतिशत भन्दा बढिमत ल्याएका छन् । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो । अहिले सम्म ३५ हजार ३६ मत गणना हुदाँ वाग्लेले १७ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यही अनुपातमा उनले मत ल्याउने हो भने ३२ हजार भन्दा माथी भोट ल्याउने… पुरा पढौ

चितवनमा रवि लामिछानेको अग्रता

रवि लामिछाने
चितवन, ११ बैशाख/ चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा १ हजार १ सय ५५ मतसहित उनले रविले अग्रता लिएका हुन् । रविलाई नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली काग्रेसका जितनारायण श्रेष्ठ पछि पछि छन् । रवि लामिछाने (घन्टी ):११५५ रामप्रसाद न्यौपाने (सुर्य): ६६५ जितनारायण श्रेष्ठ (रुख): ५८७ पुरा पढौ

तनहुँमा मत अन्तर कम गर्दै गोविन्द्र

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । पछिल्लो मत परिणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । १८ वडाको २३ हजार ६ सय ८२ मतगणना गर्दा वाग्लेले ११ हजार ८ सय ४५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३३ मत पाएका छन् । स्वर्णिमले गोविन्द भन्दा ४… पुरा पढौ

तनहुँमा स्वर्णिम वाग्ले अग्रता कायमै कसको कति मत

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
तनहुँ, ११ वैशाख/ प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५७ मत पाएका छन् । स्वर्णिमले गोविन्द भन्दा ५ हजार २ सय ५६ मतले अगाडी छन् । स्वर्णिम वाग्ले राष्टिय स्वतन्त्र पार्टी १०२५९गोविन्द भट्टराई… पुरा पढौ