पुर्व मन्त्रि टोपबहादुर रायमाझी पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख ३१ गते २०८० मा प्रकाशित


टोपबहादुर रायमाझी

टोपबहादुर रायमाझी

काठमाडौं, ३१ वैशाख/ एमाले नेता तथा पुर्वमन्त्रि टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । नक्कली भुटानी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई बैशाख २० गने नै पक्राउ गरेको थियो ।

उनलाई काठमाडौंमा एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही प्रकरणमा प्रहरी पुर्व गृहमन्त्री बालकृष्ण खांडलाई पक्राउ गरी सकेको छ ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।



Tags: