तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले अत्याधिक मतकासाथ बिजयी

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८० मा प्रकाशित


डा. स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्ले

तनहुँ, ११ बैशाख/ तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउदा भट्टराई २० हजार ९२ मतले पछ्याए । त्यसै गरी नेकपा एमालेका सबेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरे । वाग्लेले खसेको मतको आधा भन्दा बढी मत प्राप्त गरे । मत परिणामको अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ ।

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो । तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन् । भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् ।

गत मंसिरमा भएको निर्वाचनको समानुपातिक तर्फ नेपाली काग्रेसले २० हजार १ सय ५८, नेकपा एमाले १६ हजार ६ सय ८३, रासपा १२ हजार ७ सय ७३ मत र माओवादी ७ हजार ३ सय २७ मत प्राप्त गरेका थिए ।

त्यस मतलाई हेर्ने हो भने नेपाली काग्रेसका उमेद्वारले आफ्ना मतको संरक्षण गरेको देखीन्छ । एमाले मंसिरमा पाएको समानुपातिक तर्फको मतको आधामात्रै मत प्राप्त गर्न सक्यो । रास्वपाले भने आफ्नो मतलाई उचाईमा पु¥यो । सत्ता गठबन्धनका उमेद्वारलाई माओवादीले सहयोग गर्ने भनेको माओवादीको मत कता गयो भन्दै काग्रेसका नेता तथा कार्यकता खोजीमा छन् ।

मंसिरमा भएको निर्वाचनामा नेपाली काग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत ल्याउदै विजयी भएका थिए । एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत, स्वतन्त्र उमेद्वार अर्जुन जोशी कैचि चिन्नले ६ हजार ८ सय ८६ मत, रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत, राप्रपा विनोद कुमार घर्ती २ हजार ४ सय ८४ प्राप्त गरेका थिए । रामचन्द्र पौडेले राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन भएको हो ।

तनहुँ १
जम्मा मत ६५२९२
घण्टी स्वर्णिम वाग्ले ३४४८० बिजयी
रुख गोबिन्द भट्टराई २००९२
सुर्य सर्वेन्द्र खनाल ८५५५
मतअन्तर १४३८८



Tags: , ,