
डा. स्वर्णिम वाग्ले
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले गणनाका ५० प्रतिशत भन्दा बढिमत ल्याएका छन् । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।
अहिले सम्म ३५ हजार ३६ मत गणना हुदाँ वाग्लेले १७ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यही अनुपातमा उनले मत ल्याउने हो भने ३२ हजार भन्दा माथी भोट ल्याउने देखीन्छ ।
तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन् । ४२ मध्ये २४ वडाको मतगणना सकिएको छ । जसमा स्वर्णिमले सबैभन्दा बढि मतप्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २ सय २८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् ।





