राजनीति

पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी

पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी
पोखरा, ९ माघ/ पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भए छ । शुक्रबार भएको विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघका विराट सिग्देलको प्यानल नै विजयी भएको छ । विजयी सिग्देलले २ सय ८५ मत ल्याउँदा अनेरास्ववियुका वीरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु क्रान्तिकारीका पदम लम्सालले १ सय ३१ मत प्राप्त गरे । सचिबमा नेवि संघकै मीलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भए । सचिबमा स्वस्तिका पौडेलले १ सय ५४ र कविन… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

खगराज अधिकारी
पोखरा, २६ पुस/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३ दिनपछि विश्वासको मत लिने भएका छन् । मंगलबार सत्ता गठबन्धनसँग छलफल गरेपछि उनले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् । २९ गते १ बजेका लागि बैठक डाकिएको छ । सरकारका प्रबक्ता सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद सचिवालयमा पुगिसकेको छ । अधिकारीले बिश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । हाल ४ सदस्यीय मन्त्रीमण्डल गठन भएको… पुरा पढौ

गण्डकी प्रदेशमा मुख्यमन्त्री सगैँ ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र… पुरा पढौ

को बन्ला गण्डकी प्रदेशको मुख्य मन्त्री ?

खगराज अधिकारी र हरीबहादुर चुमान
पोखरा, २२ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरे सगँ गण्डकी प्रदेशमा सरकारमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न बिहीबार आह्वान गरेका थिए । प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने… पुरा पढौ

कांग्रेस कास्की सभापति किशोरदत्तको राजीनामा माग

किशोरदत्त बराल
पोखरा, २० पुस/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारबाहीसहित उनको राजीनामा माग गरिएको छ । कांगे्रस कास्की क्षेत्र नम्बर १ अन्तर्गतका ३० वटै कार्यसमितिका अगुवा नेता तथा कार्यकर्ताको तर्फबाट मादी ९ का सभापति प्रभात अधिकारीले चुनावमा जिल्लाभरिका उम्मेदवारलाई असहयोग, अन्तर्घात गरेको भन्दै सो माग गरेका हुन् । निर्वाचन आफू केन्द्रित राजनीति गरेर अन्य सबै उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै अधिकारीले नेपाली कांग्रेस कास्कीको अनुशासन समितिमा गत साता निवेदन दिएका हुन् । निवेदनको बोधार्थ पार्टीको केन्द्रीय अनुशासन समिति र प्रदेश… पुरा पढौ

नेपाली कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

सुरेन्द्र पाण्डे
पोखरा, १३ पुस/ नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत प्राप्त गरे भने प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ । संस्थापन पक्षबाट उम्मेदार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए । गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको थियो । पुरा पढौ

गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए

गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए
पोखरा १३ पुस/ गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई सपथ खुवाए । संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई सपथ खुवाए । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सांसदलाई प्रदेश सभामा सपथ ग्रहण गराउने छन् । गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस… पुरा पढौ

प्रचण्ड प्रधानमन्त्री, अरु को बने मन्त्री

पुष्पकमल दाहाल प्रचण्ड, विद्यादेवी भण्डारी
पोखरा, ११ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् । मन्त्रीहरुको भने कार्यविभाजन तोकिएको छैन । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई… पुरा पढौ

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छः कांग्रेस महामन्त्री गगन थापा

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छः कांग्रेस महामन्त्री गगन थापा
पोखरा, ११ पुस/ अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे। पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिए। केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा… पुरा पढौ

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

खगराज अधिकारी
पोखरा, १० पुस/ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।संसदीय दलको आइतबार बसेको बैठकले एमाले पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो । दलको नेता बनेसँगै उनको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् । पुरा पढौ