
खगराज अधिकारी
पोखरा, २६ पुस/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३ दिनपछि विश्वासको मत लिने भएका छन् । मंगलबार सत्ता गठबन्धनसँग छलफल गरेपछि उनले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् ।
२९ गते १ बजेका लागि बैठक डाकिएको छ । सरकारका प्रबक्ता सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद सचिवालयमा पुगिसकेको छ ।
अधिकारीले बिश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । हाल ४ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।