पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी

-


     क्लिक गण्डकी     
     माघ ९ गते २०७९ मा प्रकाशित


पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी

पोखरा इन्जिनियरिङ विद्यार्थी परिषद्मा नेवि संघका सिग्देल सहित प्यानल विजयी

पोखरा, ९ माघ/ पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भए छ । शुक्रबार भएको विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघका विराट सिग्देलको प्यानल नै विजयी भएको छ ।

विजयी सिग्देलले २ सय ८५ मत ल्याउँदा अनेरास्ववियुका वीरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु क्रान्तिकारीका पदम लम्सालले १ सय ३१ मत प्राप्त गरे । सचिबमा नेवि संघकै मीलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भए । सचिबमा स्वस्तिका पौडेलले १ सय ५४ र कविन पाठकले ७२ मत प्राप्तले गरे ।

त्यसै गरी कोषाध्यक्षमा नेवि संघकै कृति वाग्ले २ सय ८१ मतसहित विजयी भइन् । उनले अमृत सुवेदी २ सय ११ र जानकी बडुले ८० मत प्राप्त गर्दै पछ्याए । सदस्यमा सुवाष चन्द्र पण्डित ३ सय १८, अनिश गिरी २ सय ८४, सोभित कार्कीले २ सय ४९ र भूमिका छुमी २ सय ९० मत प्राप्त गर्दै विजयी भए । समानुपातिक तर्फ सदस्यमा आशीष पाण्डे, सुजन पोखरेल, गौरव गिरी र सस्मिता पौडेल विजयी भए ।