राजनीति

कास्की ३ ख मा राजीब पहारीको ८ हजार भोट

राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका उमेद्वार राजीब पहारीले अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना गर्दा ८ हजार मतल्याएका छन् । उनका निकटतम प्रतिद्धन्दी प्रकाश बरालले ६ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पहारीले बरालले भन्दा १ हजार १ सय १५ मत बढि ल्याएका छन् । अब गणना गर्न पोखरा २२, २३ र २४ बाँकी छ । पुरा पढौ

कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बराल

किशोरदत्त बराल
पोखरा, ८ मंसिर/ कास्की १ मा मतअन्तर घटाउदै काग्रेस उमेद्वार किशोरदत्त बरालले नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङ सगँको मत अन्तर घटाउदै लगेका छन् । रुपा गाउँपालिकाको मतगणना हुदाँ सम्म २ हजार २२ मतले पछि परेका थिए । पोखरा ३२ को मतगणना गर्दा बरालले मत अन्तर घटाएर १ हजार ४ सय २९ मतमा झारेका छन् । कास्की १नेकपा एमाले मनबहादुर गुरुङ १७६२९नेपाली काग्रेस किशोरदत्त बराल १६२०० कास्की १ कनेकपा एमाले खगराज अधिकारी ६३२२नेकपा माओवादी दिपक कोइराला ४९१६ कास्की १ खनेकपा एमाले… पुरा पढौ

कास्की ३ मा मतअन्तर बढाउदै दामोदर बैरागी

पोखरा, ८ मंसिर/ कास्की ३ का नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल सगँको मत अत्तर बढाउदै लगेका छन् । पोखरा ५ को मतगणना भइरहदा मतअन्तर बढाउदै लगेका हुन् । कास्की ३नेकपा एमाले दामोदर पौडेल बैरागी १८१८७नेकपा माओवादी रामजीप्रसाद बराल जिवन १२७५९राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ९४१७ कास्की ३ खनेकपा एमाले राजीब पहारी ६५०४नेपाली काग्रेस प्रकाश बराल ५७५५मतअन्तर ७४९ पुरा पढौ

कास्की ३ ख मत अन्तर बढाउदै राजीब

राजीब पहारी
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका राजीब पहारीले नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल सगँ मतअन्तर बढाउदै लगेका छन् । पोखरा महानगरपालिका वडा ५ को गणना हुदाँ नेकपा एमाले राजीब पहारी ६ हजार ५ सय ४ मत प्राप्त गरेका छन् भने भने नेपाली काग्रेस प्रकाश बराल ५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरुको मतअन्तर ७ सय ४९ रहेको छ । पुरा पढौ

कास्की १ क मा खगराजको अधिकारीको अग्रता कायमै

खगराज अधिकारी
पोखरा, ८ मंसिर/ कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीको अग्रता कायमै छ । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरको वडा नम्बर ३२ मत गणना सकिदा खगराजको अग्रता कायमै छ । अधिकारीले ६ हजार ३ सय २२ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । खगराज अधिकारी १ हजार ४ सय ६ मतले आगडी छन् । रुपा गाउँपालिकाको गणना हुदाँ अधिकारी २ हजार भन्दा बढि मतले अग्रता लिएका थिए । पुरा पढौ

भारी मतान्तरले चितवन–२ मा रवि लामिछाने विजयी

रवि लामिछाने
चितवन, ८ मंसिर/ चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६ सय ४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । पुरा पढौ

कास्कीका तीनवटै क्षेत्रको ताजा नतिजा

मतगणना
कास्की १नेकपा एमाले मनबहादुर गुरुङ १२९३१नेपाली काग्रेस किशोरदत्त बराल १२३०५ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ १२६६१ विजयीनेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४ कास्की १ कनेकपा एमाले खगराज अधिकारी १२८३नेकपा माओवादी दिपक कोइराला ९६९ कास्की २ प्रतिनिधसभा नेकपा एमाले विद्या भट्टराई १६९९८राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल १२४९५नेकपा समाजवादी श्रीनाथ बराल ९६५९ कास्की २ क नेकपा एमाले भिमबहादुर कार्की १०५३१ विजयीराप्रपा विजय बहादुर भण्डारी ५८९३नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४०मत अन्तर ४ हजार ६ सय ३८ मत कास्की २ खखसेको मत… पुरा पढौ

कास्की २ ख मा १७३८२ मत गणना गर्दा थापाको अग्रता कायमै

विन्दु कुमार थापा
पोखरा, ७ मंसिर/ कास्की २ ख मा १७३८२ मत गणना गर्दा थापाको अग्रता कायमै राखेका छन् । पोखरा महानगरपालिका वडा ४, ८ ,९ ,११, १६ को १७ हजार ३ सय ८२ मत गणनागर्दा नेपाली काग्रेसका विन्दु कुमार थापाले ६ हजार ९ सय ८३ मत प्राप्त गरे । नेकपा एमालेकी मिना गुरुङ्गले ५ हजार ५ सय १९ मत र राप्रपाका अरुण गिरीले ३ हजार २ सय ६७ मत प्राप्त गरे । थापाले गुरुङ्गले भने १ हजार ४ सय ६४ मतले अगाडी… पुरा पढौ

को हुन् बेद बहादुर गुरुङ (श्याम) जसले कास्की १ क मा विजयी भए

वेदबहादुर गुरुङ
आफ्नै घरमा विद्रोह गरे, राजा विरुद्द लड्दा जेलनेल भोगे । पोखरा, ७ मंसिर आँखैमा ठोकिने अन्नपूर्ण हिमशृंखला । गाउँ मुन्तिर अविराल बगिरहने मादी । पूर्वतर्फ बडेमानको पलेंची अनि पश्चिमतर्फ झिजेेंं डाँडा जसको कारण ताङतिङमा ढिलो घाम लाग्छ अनि दिउँसै डुब्छ । कास्कीको कर्नाली अर्थात् उत्तर– पूर्वी भेग जहाँ केहि दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । टेलिफोन सुविधा थिएन । कास्की कै अत्यन्त विकट मानिने यस गाउँबाट पोखरा पुग्न पुरै दिन लाग्थ्यो ।   २० को दशकको अन्ततिर त्यसै गाउँमा बेद… पुरा पढौ

कास्की १ क मा अधिकारीलाई पछिपार्दै कोइराला अगाडी

दीपक कोइराला
पोखरा, ७ मंसिर/ कास्की १ क मा नेकपा माओवादीका दीपक कोइरालाले अग्रता लिएका छन् । कास्कीको रुपा गाउँपालिकाको १ र २ वडाको गणना सकिदा कोइरालाले ७ सय ६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेद्वार खगराज अधिकारीले ७ सय ५३ मत प्राप्त गरे । पुरा पढौ