भारी मतान्तरले चितवन–२ मा रवि लामिछाने विजयी

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०७९ मा प्रकाशित


रवि लामिछाने

रवि लामिछाने

चितवन, ८ मंसिर/ चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे ।

नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६ सय ४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।



Tags: , , ,