कास्की १ क मा खगराजको अधिकारीको अग्रता कायमै

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०७९ मा प्रकाशित


खगराज अधिकारी

खगराज अधिकारी

पोखरा, ८ मंसिर/ कास्की १ क मा नेकपा एमालेका खगराज अधिकारीको अग्रता कायमै छ । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरको वडा नम्बर ३२ मत गणना सकिदा खगराजको अग्रता कायमै छ ।

अधिकारीले ६ हजार ३ सय २२ मत प्राप्त गर्दा नेकपा माओवादीका दिपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् ।

खगराज अधिकारी १ हजार ४ सय ६ मतले आगडी छन् । रुपा गाउँपालिकाको गणना हुदाँ अधिकारी २ हजार भन्दा बढि मतले अग्रता लिएका थिए ।



Tags: , , ,