प्रचण्ड प्रधानमन्त्री, अरु को बने मन्त्री

-


     क्लिक गण्डकी     
     पौष ११ गते २०७९ मा प्रकाशित


पुष्पकमल दाहाल प्रचण्ड, विद्यादेवी भण्डारी

पुष्पकमल दाहाल प्रचण्ड, विद्यादेवी भण्डारी

पोखरा, ११ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

मन्त्रीहरुको भने कार्यविभाजन तोकिएको छैन । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।



Tags: ,