
ढाकाकुमार श्रेष्ठ
पोखरा, २९ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका आडियो टेप सार्वजनीक भएपछि उनलाई निस्कासन गरेको हो ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा समानुपातिक सांसद विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।





