राजनीति

गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो

जाजरकोट भूकम्पः उपमेयर सहित ७२ जनाको निधन, २ सय बढि घाइते
पोखरा, १८ कात्तिक/ गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प… पुरा पढौ

भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेछः अध्यक्ष ओली

भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेछः अध्यक्ष ओली
पोखरा, १३ कात्तिक/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाएका छन् । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप छ । एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्सारमा कर उठ्दैन, तस्करीबाट सामग्रीहरु नेपाल आइरहेको बताए । उनले एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झ¥यो । ९ केजी सुन बरामद भएको अहिले २ किलो होला । यसरी नै डकैती भइरहेको बताए । ओलीले देश टाट पल्टिने… पुरा पढौ

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको ध्यानाकर्षण

बिद्या भट्टराई
काठमाडौं, २१ असोज/ प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारिलाइ… पुरा पढौ

गण्डकी प्रदेशमा संसदीय समितिमा सभापति चयन

गण्डकी प्रदेशमा संसदीय समितिमा सभापति चयन
पोखरा, २१ असोज/ गण्डकी प्रदेश संसदीय समितिका सभापतिहरू चयन भएका छन् । दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक/एक समिति सभापति लिएका छन् । शनिबार मनोनयनमा एक/एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणीत भएका छन् । अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्याल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा नेपाली काग्रेस कै चम्पादेवी खड्का, सार्वजनि लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा नेपाल समाजवादीका फणिन्द्र… पुरा पढौ

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी (को हुन् नवराज शर्मा)

नवराज शर्मा
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार मायानाथ अधिकारीलाई १ सय ६६ मत अन्तरले हराए । शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् । यस्तो छ नवराजको राजनीतिक जीवन पुरा पढौ

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी (कस्को कति मत सहित)

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार मायानाथ अधिकारीलाई १ सय ६६ मत अन्तरले हराए । शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् । उनले बाबुराम विकलाई… पुरा पढौ

एमाले गण्डकीको निर्वाचन सकियो, मत गणना केही समय पछि

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार भएको निर्वाचनमा ८ सय ९६ मत खसेको छ । ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा मतदानमा ८ सय ९६ जनाले भाग लिएका निर्वाचन कार्यालयले जनाएको छतोकिएका उम्मेदवारलाई मत राख्नको लागि झण्डै १५ मिनेट समय लाग्ने अनुमान गरिएपनि कुनै मतदाताले एक घण्टा १५ मिनेट सम्म समय लगाएको निर्वाचन कार्यालय एक सदस्यले बताए । त्यही कारणले निर्धारित समयमा मतदान कार्य सम्पन्न हुन नसकेको हो । निर्वाचन तालिकामा कार्यालयले साढे… पुरा पढौ

एमाले गण्डकी अधिबेशनमा निर्वाचन हुदै

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु हुदैछ । बिहीबार ११ः५५ देखी निवाचन शुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । शर्मा तर्फ उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी,… पुरा पढौ

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने- ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने स् ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’
मुस्ताङ, १८ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् । ‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुन निर्माण गर्नेछ’ उनले भने । बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामुयिक प्रयास केन्द्रित गर्दा पुननिर्माण सहज र छिटो हुने उनले बताए । ‘यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेकोछ’ उनले भने । ‘प्राकृतिक… पुरा पढौ

एमाले गण्डकी अधिबेशन, शर्मा र अधिकारीको अध्यक्षमा, १६२ पदका लागि ३८२ जनाको उमेद्वारी

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन दिएको जानकारी अनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र… पुरा पढौ