समाचार

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक
काठमाडौं, १९ कार्तिक / पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि… पुरा पढौ

पोखराको न्युरोडमा दुई तर्फि पार्किङको माग गर्दै व्यवसायीको ध्यानाकर्षण

पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण
पोखरा, १९ कात्तिक/ पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । पोखरा सभागृह देखि बिपी चोक सम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं ८ र ९ का कार्यालयमा पुगी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन । न्युरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले… पुरा पढौ

देउसी–भैलोबाट रकम संकलन गरि वडा प्रहरी कार्यालय बैदाममा मोटरसाइकल

देउसी–भैलोबाट रकम संकलन गरि वडा प्रहरी कार्यालय बैदाममा मोटरसाइकल
पोखरा, १७ कात्तिक/ तिहारको अवसरमा वडा प्रहरी कार्यालय बैदाम, कास्कीले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमबाट कार्यालय प्रयोजनका लागि एउटा मोटरसाइकल खरिद गरिएको छ। देउसी–भैलो कार्यक्रमबाट २ लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको थियो। उक्त रकममा कार्यालयले केही थप गरी २ लाख २४ हजार ९७० मा एउटा मोटरसाइकल खरिद गरिएको हो। खरिद गरिएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे । पुरा पढौ

‘जाउँ है बेगनास पोखरा’ प्रचार प्रसार गर्दै बुटबल, बर्दीया र सुर्खेतमा कार्यक्रम

‘जाउँ है बेगनास पोखरा’ प्रचार प्रसार गर्दै बुटबल, बर्दीया र सुर्खेतमा कार्यक्रम
पोखरा, १७ कात्तिक/ होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम सुरु भएको छ । पश्चिम नेपालका बुटबल, बर्दीया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवद्धनात्मक टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानले विदाइ गर्नुुभएको थियो । टोलीले आजै बुटबलमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरेको छ । कार्यक्रममा… पुरा पढौ

पोखरामा जुवातास खेल्ने ७ जना पक्राउ

जुवा तास
पोखरा, १६ कात्तिक/ पोखरा महानगरपालिका–२४ हेम्जाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीले शनिबार छापा मार्दा जुवातास खेलिरहेका र खेलाउने गरी ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूको साथबाट ७३ हजार नगद, ४ बुक तास र अन्य जुवा–जन्य सामग्रीहरू बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा… पुरा पढौ

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

आरजु विष्ट ‘सल्यानी’
पोखरा, १५ कार्तिकगीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् । प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन र… पुरा पढौ

कास्कीमा प्रहरी कार्यालयमा आगजनी र लुटपाटमा संलग्न थप एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १४ कात्तिक/ कास्की प्रहरीले हालै प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भई प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–७, घारीपाटनका २६ वर्षीय विवश जलारी रहेका छन्। जलारीलाई प्रहरीले CANON कम्पनीको SOCO डिजिटल क्यामेरा (थान–१) र इञ्जिन नं.… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा पोखरामा कार्यरत वरिष्ठ कृषि अधिकृतको मृत्यु

माधवप्रसाद लम्साल
पोखरा, ८ कात्तिक/ स्याङ्जामा मोटरसाइकल दुर्घटनामा परेर पोखरामा कार्यरत वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ । राष्ट्रिय कृषि परियोजना इकाई कार्यालय पोखराको प्रमुख रहेका ४५ वर्षीय लम्साल मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । उनी स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागे निवासी हुन् । शुक्रबार बिहान साथीहरुसँग सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा आमडाँडास्थित लम्साल सवार लु ५१ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित हुँदा सडकभन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

पोखरा पुम्दिभुम्दी माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना

पोखरा पुम्दिभुम्दी माछापुच्छ्रे भ्यूपोइन्टमामा स्कुटर दुर्घटना
पोखरा, ८ कात्तिक/ पोखरा २२ माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना भएको छ । ग २६ प १९४५ नम्वरको स्कुटर दुर्घटना हुदाँ स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका २ निवासी सुमिन गुरुङ घाईते भएका छन् । उनका उपचारको लागि मेट्रो सिटि हस्पिटल पोखरा लगिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरामा विवाद भएपछि साथीको हःत्या, एक जना पक्राउ

पोखरामा विवाद भएपछि साथीको हःत्या, एक जना पक्राउ
पोखरा, ८ कात्तिक/ पोखरा–५ पस्र्याङमा शनिबार बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ । पोखरा–५ पस्र्याङका स्थानीय किशोर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुली माथि चक्कु प्रहार गरेका थिए । पराजुलीलाई पछाडीबाट चक्कु प्रहार भएको थियो । प्रहरीले आक्रमण गरेपछि किशोर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिए । हत्या भएका अनिल पराजुली र पक्राउ परेका किशोर तिमिल्सिना साथी हुन् । पराजुलीको शव पोस्टमार्टमका लागि… पुरा पढौ