पोखरा, १ भदौ/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंले गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइलाई देशभरिकै सर्वोत्कृष्ट इकाइका रुपमा सम्मान गरेको छ । मन्त्रालयले आयोजना गरेको सामाजिक सेवा ईकाइ, जेरीयाट्रिक र ओसिएमसि कार्यक्रमको समिक्षा कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तगरगतको सामाजिक इकाइलाई घोषण गर्दै सम्मानपत्र र दोसल्लाले केन्द्र प्रमुखलाई सम्मान ग¥यो । मन्त्रालयको प्राथमिकतायुक्त कार्यक्रम सामाजिक सेवा एकाईद्धारा लक्षित वर्गका सेवाग्राहीहरुलाई प्रदान गरिएको उत्कृष्ट सेवाका लागि सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ ।
पुरा पढौ