
लामखुट्टे
पोखरा, २७ असोज/ डेंगु संक्रमणबाट पोखरामा उपचारका क्रममा एक बालकको मृत्यु भएको छ ।
तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको शुक्रबार गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनलाई दमौली मानै डेंगु लागेपछि उपचारका लागि पोखरा ल्याएका थिए । ६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
डेंगु संक्रमणबाट असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको थियो ।
