
पोखरामा विश्व मुटु दिवस
पोखरा, १२ असोज/ पोखरामा विभिन्न कार्यक्रम गरेर विश्व मुटु दिवस माएका छन् । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर विश्व मुटु दिवस मनाइने गरिन्छ ।
पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाए ।
पोखरा ६ वैदाम स्थित हल्लन चोक देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकाले । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो । प्रभातफेरी औपचारीक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष तथा मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल (त्रि.बि.) काठमाडौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुर्य देवकोटा खानेकुरामा ध्यान दिनु नै मुटु स्वच्छ राख्ने उपाएको भएको बताए । उनले मुटुरोग, यसबाट बच्ने उपाए, मुटु स्वच्छ बनाउन दैनिक जिवनका गर्न काम बारेमा चर्चा गरे ।
कार्यक्रममा चरक अस्पतालका निर्देशक कपिल पोख्रेल, टाइगर गु्रपका अध्यक्ष नारायण शर्मा, सचिब प्रकाश बराल लगाएतले मुटुलाई स्वच्छ राख्न खानेकुरामा ध्यान दिन आग्रह गरे ।