अस्पतालका दक्ष व्यवस्थापक डाक्टर सोमतसिंह तुलाचन

-


     क्लिक गण्डकी     
     असाेज २४ गते २०८० मा प्रकाशित


डा सोमतसिंह तुलाचन

डा सोमतसिंह तुलाचन

रवीन्द्र माकाजू

डा. सोमतसिंह तुलाचनलाई धेरैले कुशल व्यवस्थापक र डाक्टरका रूपमा सम्मान गर्ने गर्दछन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ४ पटक सुपरिटेण्डेन भएर सेवा पु¥याए भने सोही अस्पतालमा सञ्चालक समितिका अध्यक्ष समेत भए । २०१३ सालमा मेजर वीरसिंहद्वारा स्थापित स्वलर्जबोर्ड अस्पताल पछि जिल्ला अस्पताल समेत बन्यो ।

त्यहाँ सोमतसिंह कुनै बेला सर्वेसर्वा थिए । समयको क्रमसँग सो अस्पतालले अञ्चल अस्पतालको रूप लियो । ०४५ सालमा सो अस्पतालले पश्चिमाञ्चल अस्पतालको रूप लिएपछि डा। सोमतसिंहले अस्पतालको भौतिक संरचना थप्ने क्रममा आइ।सि।यु पनि थप्ने निर्णय गरे । डा। तुलाचनले पोखरा लगायत मुलुकका अन्य स्थानका स्वास्थ्य क्षेत्रमा ठूलो गन लगाए ।

विसं १९९५ सालमा मुस्ताङको टुकचेमा जन्मिएका सोमतसिंहका पिताले पनि गाउँमा स्वास्थ्य केन्द्र खुलेर औषधी बेच्ने गर्दथे । सोमतसिंहलाई बाल्यकालमा यसको गहिरो प्रभाव प¥यो । उनले त्यसबेला मनमनै सोचे – म पनि ठूलो भएपछि डाक्टर बनेर बिरामीको सेवा गर्नेछु ।

सोमतसिंह बाल्यकालमा पोखरा आएकाले शिक्षा हासिल गर्ने सुअवसर पाए । पोखरामा ५ कक्षा पढेपछि उनी उच्च शिक्षा हासिल गर्न भारतको आनन्दनगर पुगेर एसएलसी दिए । भारतकै गोरखपुरमा आइएस्सी परीक्षा पुरा गरे । २०१८ सालमा कोलम्बो प्लान अन्तर्गत उनले मेडिकल कलेज पढ्नका लागि दक्षिण भारतमा जाने मौका पाए । २०२५ सालमा एम।बि।बि।एस पुरा गरी स्वदेश फर्किए । नेपाल आउनासाथ टेकु सरुवा रोग अस्पतालबाट सेवा आरम्भ गरे ।

त्यहाँबाट उनी कास्की जिल्ला अस्पताल (हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा आए । त्यसबेला पोखरा अहिलेको जस्तो विशाल शहर थिएन । त्यसपछि उनी परिवार नियोजन संघको क्षेत्रीय प्रमुख बने । यसपछि उनी अमेरिकामा मास्टर इन पब्लिक हेल्थ डिग्री पढ्न गए ।

अमेरिकामा पढाई भ्याएर नेपाल आउनासाथ उनलाई मुस्ताङ जिल्ला अस्पताल पठाइयो । २०३९ सालमा उनले गण्डकी अञ्चल अस्पतालको प्रमुख जिम्मेवारी पाए । ०४५ सालमा साइनिङ्ग अस्पताल पश्चिमाञ्चल अस्पतालमा विलय गराइएको थियो । आइ।एन।एफ।बाट भोलेन्टिएर सर्भिस सँगसँगै अस्पतालमा व्यवस्थापन समिति पनि गठन भयो । अस्पतालले फड्को मार्न शुरु भयो । तर डा। तुलाचनलाई ०४८ सालमा कञ्चनपुरमा सरुवा गराइयो । फेरि केही समयपछि उनलाई पोखरा झिकाइयो ।

उनले डाक्टर, कर्मचारीलाई साथ लिई न्यून शुल्क लिई बिरामीलाई थप सुविधा दिने नयाँ व्यवस्था गरे । सरकारले पनि अनुदानमा वृद्धि गर्न थाल्यो । ०५३ सालमा उनी स्वास्थ्य निर्देशनालयको निर्देशक भए । ०५५ सालमा चौथो पटक उनी क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेन भए । उनले त्यसबेला योजनाबद्ध ढंगले पोखरालाई चाहिने स्वास्थ्य सेवा थप्ने कार्य गरे ।

यसका लागि आवश्यक भौतिक सुविधा थप्दै आइ।सि।यु सेवा थप्ने कार्य भयो । बिरामीलाई राजधानी जान नपर्ने योजनाहरु अगाडि ल्याए । पोखरामा बनाइएको आई।सि।यु सेवाको तत्कालीन स्वास्थ्य राज्यमन्त्री डा। रामवरण यादवले उद्घाटन गराइएको थियो ।

आर्चरीका कुशल खेलाडी डा। तुलाचनले ०६३ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा पु¥याएका छन् । उनीसँग अस्पताल व्यवस्थापनको लामो कुशल अनुभव छ । जसको उपयोगिता राज्यले गर्नुपर्छ ।

विसं २०२४ सालमा सरला गौचनसँग वैवाहिक जीवनमा बाँधिएका डा। तुलाचनका दुई सुपुत्री र दुई सुपुत्र छन् । जेठा छोरा अमेरिकामा वरिष्ठ डाक्टर छन् । उनलाई धेरैले आफ्नो प्राइभेट अस्पताल खोल्न सुझाव दिएका थिए । उनी भन्दछन्– स्वास्थ्य क्षेत्र सेवाको पवित्र क्षेत्र हो, आर्थिक लाभ आर्जन गर्ने ठाउँ होइन ।

आज उनले सेवा पु¥याएको पोखराको पुरानो अस्पतालले मेडिकल कलेजका रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । तर यो अस्पताल सबै नेपालीको आफ्नो र आत्मीय बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै डा। तुलाचन भन्दछन्– स्वास्थ्य केन्द्रलाई यदि भगवान्को मन्दिर मान्ने हो भने यो सर्वसुलभ र गरीबको पनि पहुँचको विषय बनाइनु पर्दछ ।



Tags: