#पोखरा महानगरपालिका

पोखराका थप दुई सडक बनाउन वर्ल्ड बैङ्कले ३ अर्ब ३७ करोड लागनी गर्ने

पुल सडक
पोखरा, १७ साउन/ पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप २ वटा परियोजनाहरू छनौट गरेको छ । वर्ल्ड बैङ्कको सहयोगमा सम्पन्न गर्ने गरी बिरौटा–पुडिँटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदिखोला–गगन गौडा सडक स्तरोन्नतिका लागि परियोजना छनौट गरेको हो । साउन १४ गते बसेको कार्यपालिका बैठकले सन २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुई वटा परियोजनाहरू छनौट गरिएको प्रमुख धनराज आचार्यले बताउनुभयो । “वर्ल्ड बैङ्कको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ, प्रमुख आचार्यले भन्नुभयो, यस बाहेक थप… पुरा पढौ

पोखरा महानगरमा मलको मुल्य निर्धारण

पोखरा महानगरमा मलको मुल्य निर्धारण
पोखरा, १२ साउन/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक… पुरा पढौ

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य

पोखरा महानगरका कृषकलाई ४४ लाख अनुदान, आयात प्रतिस्थापनका लागि उत्पादनमा जोडः प्रमुख आचार्य
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु।४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गर्नुभएको हो । बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले… पुरा पढौ

फिर्केखोलाको सिमांकन गर्दै पोखरा महानगर

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली
पोखरा, २ साउन/ पोखरा महानगरपालिकाले फिर्केखोलाको सिमांकन छुट्याउने भएको छ । प्राविधिक वासुदेवको पौडेलको नेतृत्वमा गठित समितिले बुधबारदेखि खोलाको पुरानो बाटो खोज्ने महानगरले जानकारी दिएको छ । महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सीमांकन समिति गठन गरेको र त्यसले बुधबारबाटै काम सुरु गर्ने गरी निर्णय भएको मेयर धनराज आचार्यले बताए । बुधबार देखी २ टिम फिल्डमा खटिने छन् । मापदण्डबारे विवाद रहेकाले सुरुमा फिर्केखोलाको पुरानो आकारको मात्रै खोजी उनले बताए । फिर्के सीमांकन समितिका संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार… पुरा पढौ

पोखरा १३ ले शुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा

पोखरा १३ ले शुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा
पोखरा, २८ असार/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि… पुरा पढौ

पोखराको न्युरोडको न्युलुक्स

पोखराको न्युरोडको न्युलुक्स
पोखरा, २५ असार/ पोखराको सभागृहचोकदेखी विपिचोकसम्म न्युरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गर्नुभएको हो । स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइने छन् । बिरुवाहरूको संरक्षण स्थानीयहरू समेत बताउनुभएका आचार्यले महानगरपालिकाले विशेष निगरानी… पुरा पढौ

पोखरा–मुग्लिङ सडक मापदण्डमा परेका पोखराका संरचना हटाउन शुरु

पोखरा–मुग्लिङ सडक मापदण्डमा परेका पोखराका संरचना हटाउन शुरु
पोखरा, २५ असार/ पोखरा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको दायाँ बायाँ मापदण्डमा पर्ने निर्मित संरचना तथा सवारी साधनहरू लगायत अन्य सामाग्रीहरू हटाउने काम पोखरा महानगरपालिकाले थालेको छ । पोखरा महानगरपालिकाले पहिलो चरणमा पृथ्वीचोक देखि विजयपुरसम्मको क्षेत्र खाली गराउने काम थालेको हो ।मापदण्ड भित्र रहेका संरचना हटाइएको छ भने, लामो समयदेखि डम्प गरेर राखिएका पुराना सवारी साधन तथा ग्यारेजहरू समेत विस्थापन गरिएको छ । हटाउनका लागि महानगरपालिकाले गरेको आग्रहलाई अटेर गरेपछि केही सवारीहरू महानगरले नियन्त्रणमा लिएको छ… पुरा पढौ

पोखराले सार्वजनिक जग्गा फिर्ता ल्याउने, भोगचलनको सबै प्रमाण खारेज

पोखरा महानगरपालिका
पोखरा, २५ असार/ पोखराका विभिन्न ठाउँमा सार्वजनिक जग्गा पोखरा महानगरले फिर्ता ल्याउने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा फिर्ता ल्याउन महानगरलाई पत्र पठाएपछि महानगरले जग्गा फिर्ता गर्ने बताएको छ । पोखरा महानगर कार्यपालिकाको २० औं बैठकले सबै जग्गा फिर्ता ल्याउने निर्णय गरेको मेयर धनराज आचार्यले जानकारी दिए । नेपाल सरकारले सार्वजनिक जमिनको खोजी गर्न र त्यसको संरक्षण गर्न परिपत्र गरेको उनले बताए । ‘साविकका गाविस र नगरपालिकाले विभिन्न व्यक्ति र संस्थालाई दिएको जग्गा फिर्ता ल्याउने निर्णय गरेको छ,’… पुरा पढौ

पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान

पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्टाउन माग राख्दै हस्ताक्षर अभियान
पोखरा, २१ असार/ पोखरा महानगरपालिकाबाट पुरानो लेखनाथ नगरपालिका छुट्टाउन माग राख्दै लेखनाथबासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । पोखरा महानगरपालिकाबाट छुट्टाएर साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग गर्दै अभियान सुरु गरेको अभिन्ता सन्दीप पौडेलले बताए । विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई पछि पारेकाले विकास हुन नसकेको भन्दै साविकको लेखनाथ नगरपालिका पुनस्र्थापनाको माग अघि बढेको उने बताए । पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा कम परेको उनले बताए । लेखनाथवासीले विगतका फोरमहरुमा पनि यसखालको… पुरा पढौ

पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्ष एकठाँउमा, जग्गाको मुल्यांकन नबढ्ने

पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्ष एकठाँउमा, जग्गाको मुल्यांकन नबढ्ने
लेखनाथ, १८ असार/ पोखरा महानगरपालिका वडा नं. २६ देखी ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मुल्यांकन नबढाउने सहमति गरेका छन् । वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको जग्गाको मुल्यांकन यथावत राख्ने सहमति गरेका हुन । मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक बर्ष २०८०/०८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको बर्गिकरण र मुल्यांकनका बिषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मुल्यांकनमा संसोधन गर्न नहुने सुझाव दिएका… पुरा पढौ