फिर्केखोलाको सिमांकन गर्दै पोखरा महानगर

-


     क्लिक गण्डकी     
     श्रावण २ गते २०८० मा प्रकाशित


पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली

पोखरा, २ साउन/ पोखरा महानगरपालिकाले फिर्केखोलाको सिमांकन छुट्याउने भएको छ । प्राविधिक वासुदेवको पौडेलको नेतृत्वमा गठित समितिले बुधबारदेखि खोलाको पुरानो बाटो खोज्ने महानगरले जानकारी दिएको छ ।

महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सीमांकन समिति गठन गरेको र त्यसले बुधबारबाटै काम सुरु गर्ने गरी निर्णय भएको मेयर धनराज आचार्यले बताए । बुधबार देखी २ टिम फिल्डमा खटिने छन् ।

मापदण्डबारे विवाद रहेकाले सुरुमा फिर्केखोलाको पुरानो आकारको मात्रै खोजी उनले बताए । फिर्के सीमांकन समितिका संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार खोज्न थालिएकाले प्रतिवेदन आउन केही ढिला हुने बताए । फिर्के खोला ३ मिटर देखी ४० मिटर चौडा रहेको छ ।

पोखरा महानगर–१८, अँधेरी कुनादेखि सुरु भएर प्रस्याङ, मालेपटन, मासबार हुदै फेवातालमा मिसिएको छ । आइतबार राति परेको वर्षाका कारण फिर्केखोलामा बनेको पुल बाढीले भत्काए पछि महानगरले सीमांकन गर्न लागेको हो ।



Tags: