#पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड

मञ्जुदेवी गुरुङ
पोखरा, १० असार/ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार आगामी वर्ष कार्यान्वयन हुने ७ अर्व १५ करोडको बजेट प्रश्तुत गरेकी हुन् । यो बजेट चालू वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कम हो । पोखराले चालू वर्षमा ८ अर्ब ९९ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार… पुरा पढौ

पोखराको नीति कार्यक्रमः लेकसाइड चौबीसै घण्टा खुला गरिने देखी मुर्रा राँगो सम्म

धनराज आचार्य
पोखरा, १० असार/ पोखरा महानगरपालिकालेको नीति तथा कार्यक्रममा मुर्रा राँगो ल्याउने देखी फेवातालको मापदण्डमा परेको संरचना हटाउने सम्म परेका छन् । आइतबार पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरामा ५ वटा मुर्रा राँगो ल्याउने पहल गर्ने बताए । सरकारले ल्याएको ५ वटा रांगा पोखरामा ल्याउन पहल गरिने मेयर धनराज आचार्यले बताए । ५ वटा मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन् केन्द्रमा ल्याउन पहल गरिनेछ उनको भनाई छ । त्यसै गरी सर्वोच्च अदालतले दिएको आदेश… पुरा पढौ

पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण
पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका १३ नम्बर वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाउँदै भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकले गरेका छन् । वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए ।… पुरा पढौ

बसपार्क बनाउन र सेती नदी संरक्षणमा प्रतिवद्धः दीपेन्द्र मर्सानी

बसपार्क बनाउन र सेती नदी संरक्षणमा प्रतिवद्धः दीपेन्द्र मर्सानी
पोखरा, २१ जेठ/ पोखरा महानगरपालिका ९ नम्बर वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्ग द्वार बनाउने प्रतिवद्धता व्यक्त गरे । वडावासीले उठाएका मुद्धा र गरेका प्रश्नलाई सम्बोधन गर्दै ९ नं. वडालाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए । निर्वाचित जनप्रतिनिधिहरूको पहिलो वर्षको कार्यकाल पूरा भएको छेको पारेर वडाबाट सम्पादित एक वर्षभित्रका सफल र सार्थक कामहरूको जानकारीका… पुरा पढौ

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु

पोखराका ५ मुख्यचोकमा ट्राफिक लाइट जडान शुरु
पोखरा, १९ जेठ/ पोखराका मुख्यचोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको छ । पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा हाल ट्राफिक संकेत बत्ती जडानको काम सुरु भएको हो । पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले १ करोड ७० लाख लागतमा काम सुरु गरिएको हो । जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । पोखरा महानगरपालिका थप ५ वटा… पुरा पढौ

पोखरा महानगरले खाजाखाना साढे २ करोड

पोखरा महानगरपालिका
पोखरा, १७ जेठ/ पोखरा महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा खाना, खाजा खर्चमा करिब साढे २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३९ लाख खाना, खाजामा खर्च गरेको महालेखा परीषकको प्रतिबेदनले औंल्याएको छ । आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ४० लाख खर्च भएको थियो । महानगरले विविध तथा खाना खाजामा खर्च गरेको हो । महालेखाले पोखरा महानगरपालिकाका कर्मचारीले नियम विपरीत आवास सुविधादेखी महँगी भत्ता लिएको देखाएको छ । पुरा पढौ

सिमसार पुरेकोमा पोखरा महानगरको ध्यानाकर्षण सम्बन्धमा !

सिमसार पुरेकोमा पोखरा महानगरको ध्यानाकर्षण सम्बन्धमा मिति २०८० जेठ १३ गते शनिवारका दिन फेवातालको सिमसार क्षेत्र ९माथिल्लो क्षेत्र० मा अनधिकृत रूपमा माटो उत्खनन गरी पुर्ने काम भइरहेको भनी सूचना प्राप्त भए लगत्तै पोखरा महानगरपालिकाको नगर प्रहरी प्रमुखको नेतृत्वमा उल्लेखित स्थानमा निरीक्षण अनुगमनका लागि पुगेको थियो । सो क्रममा अनधिकृत कार्यमा प्रयोग भइरहेको ग१ख ८६८७ नं।को टिप्परलाई नगर प्रहरीले नियन्त्रणमा लिएर कार्यालय तर्फ आउँदै गर्दा पामे बजार स्थित प्रहरी चौकी अगाडी केही उच्छृङ्खल व्यक्तिहरूले बाटो छेकी टिप्परको माटो समेत जबरजस्त रूपमा… पुरा पढौ

पोखरा २६ का जनप्रतिनिधिको एक बर्षको समिक्षा, के के भए काम

पोखरा २६ का जनप्रतिनिधिको एक बर्षको समिक्षा, के के भए काम
पोखरा, १४ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक बर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतबर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक बर्षमा गरेका कामहरु वडावासी विच प्रस्तुत गरेका हुन । सो अवसरमा वडाध्यक्ष नरेन्द्र थापाले एक बर्षे कार्यकालमा १८ करोड ६५ लाख रुपैया विनियोजन भएको उल्लेख गर्दै, झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेख गरे । बैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोश्रो… पुरा पढौ

दश विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगर

दश विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगर
पोखरा, २ जेठ/ पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र ९बिपिसी० को आयोजनामा विभिन्न १० विद्यामा २४० जनालाई सीप तथा व्यवसायीक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । छनौट भएका सहभागीहरूलाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर भित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिमहरू आयोजना गरिएको बताउनुभयो । “महानगरपालिका भित्र स्वरोजगार सृजना गर्ने, तालिमका विभिन्न अवसरहरू सृजना गर्ने, तालिम पश्चात्… पुरा पढौ

फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो

फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो
पोखरा, २० बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो । फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो । खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्तम… पुरा पढौ