#पोखरा महानगरपालिका

पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु

पोखरामा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर चालकको मृत्यु
पोखरा, ७ वैशाख/ पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ । फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ ६० वर्षीय चालक मुसाफिर दास तत्माको मृत्यु भएको हो । फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको प्रहरीको भनाई छ । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्काले गर्दै आएका थिए । पुरा पढौ

पोखराका मयेर धनराज आचार्य जापान प्रस्थान

पोखराका मयेर धनराज आचार्य जापान प्रस्थान
पोखरा, ७ बैशाख/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक महत्त्वपूर्ण सम्झौता गर्न जापानका लागि प्रस्थान गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य जापान जान लाग्नु भएको हो । पोखराबाट आजै काठमाडौँ प्रस्थान गर्नुभएका प्रमुख आचार्य भोलि नेपाल एयर लाइन्सको विमान मार्फत जापान पुग्नुहुनेछ । जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न प्रमुख आचार्य… पुरा पढौ

पोखरामा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरामा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता
पोखरा, ५ वैशाख/ पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो । सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको… पुरा पढौ

महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झण्डा पार्क निर्माण हुदै

झण्डा पार्क
पोखरा, २ वैशाख/ पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रबर शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस… पुरा पढौ

पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स

पोखरा महानगरपालिकाले संचालनमा ल्यायो कृषि एम्बुलेन्स
पोखरा, १ बैशाख/ पोखरा महानगरपालिकाले कृषि बस्तु औषार पौसारका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सको शुक्रबार पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सञ्चालनमा ल्याए । कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले एम्बुलेन्स संचालनमा ल्याइएको उनले बताए । एम्बुलेन्स सेवा प्रभावकारी भएमा थप एम्बुलेन्स संचालनमा ल्याउने उनले बताए । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले सञ्चालनामा ल्याएको भन्दै आचार्यले एम्बुलेन्सको प्रयोग हेरेर थप एम्बुलेन्स आवश्यकता अनुसार थप्दै जाने बताए । नेपाल सरकार र महानगरपालिकाले ३६ लाख रूपैयाँ… पुरा पढौ

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी
पोखरा, २९ चैत्र/ पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त… पुरा पढौ

महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास, १ करोड खर्च लाग्ने

पोखराको महेन्द्रपुलमा यस्तो बन्दै छ अत्याधुनिक सार्वजनिक शौचालय
पोखरा, २७ चैत्र / पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो । शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र… पुरा पढौ

पोखरा महानगरद्वारा बिज्रकोर्ष र विद्यालय हाता भित्र शैक्षिक सामाग्री बिक्री वितरणमा रोक

पोखरा महानगरपालिका
पोखरा, २५ चैत्र / पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशनहरू जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिकशत्र २०८० का लागि ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू बिक्री वितरणमा रोक लगाएको हो । महानगरको निर्देशनमा भनिएको छ, “विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकहरूमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्क बापत एक पटक मात्र अधिकतम २ महिनाको शुल्क भन्दा बढी… पुरा पढौ

महानगर स्थापना दिवसः २६ जना कर्मचारीलाई दिर्घसेवा, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी सम्मान

महानगर स्थापना दिवसः २६ जना कर्मचारीलाई दिर्घसेवा, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी सम्मान
पोखरा, २८ फागुन/ पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिनुभयो । “संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ, नगरपालिकाले नीति बनाउन सक्छ, त्यो नीतिलाई कार्यान्वयन गर्न पाउँछ, प्रमुख गुरुङले भन्नुभयो, नगरपालिकाको कोष बढाउनका लागि कर लगाउने अधिकार पनि दिएको छ, त्यस कारण जनप्रतिनिधि जनताले… पुरा पढौ

पोखरा महानगर र एडिबी बीच दिगो पर्यटनका लागि १५ वटा परियोजनामा सम्झौता (यस्ता छन् परियोजना)

पोखरा महानगर र एडिबी बीच दिगो पर्यटनका लागि १५ वटा परियोजनामा सम्झौता
पोखरा, २७ फागुन/ पोखरा महानगरपालिका र एसियन डेभलपमेन्ट बैंक (एडिबी) बीच दिगो पर्यटन विकासका लागि विभिन्न १५ वटा परियोजनामा सम्झौता भएको छ । पोखराको पर्यटन विकासलाई दिगो बनाउने दीर्घकालीन योजना अनुसार परियोजना कार्यान्वयनका लागि एडिबीले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने छ । ३ वर्षभित्र सम्पन्न गर्ने गरी अरबौंको लागतमा परियोजना कार्यान्वयनका लागि सम्झौता गरिएको छ । परियोजनाको कार्यान्वयनले पोखराको पर्यटनमा नयाँ आयाम थपिने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । गुणस्तरीय पर्यटन विकास महानगरपालिकाको प्रथामिकतामा रहेको भन्दै उहाँले विभिन्न… पुरा पढौ