#दुर्घटना

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु
पाल्पा, ५ कार्तिक/ पाल्पाको रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।एक जना घाइते छन् । जीपका चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको थियो । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ । पुरा पढौ

पोखरामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु २ जना घाइते

दुर्घटना
पोखरा, ३ कात्तिक/ पोखरा महानगरपालिका वडा नंम्बर २५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ग १६ प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२ -०१६ प ७०८४ नम्बरको मोटर साइकल ठोकिएर दुर्घटना भएको हो । दुबै मोटर साइकलमा सवार घाइतेहरुलाई अस्पताल लगेको एक जनाको मृत्यु भएको हो । ग १६ प २९१ नम्बरको मोटर साइकल चालक गोरखा पालुङटार घर भएका ३० बर्षीय शुक्रराज श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा… पुरा पढौ

नागढुंगामा कार दुर्घटना

दुर्घटना
काठमाडौं, ३ कात्तिक/ काठमाडौं नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा केही तल दुर्घटना भएको हो । बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान सडकमा निकालिएको छ । दुर्घटनामा घरमा सबार सामान्य घाइते भएपनि कोही गम्भीर घाइते नभएको प्रहरीको भनाई छ । पुरा पढौ

पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

दुर्घटना
पोखरा, १५ असोज/ पोखराबाट सुर्खेत जाँर्दै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–४ बन गाउँको बबइसोता पुलको साइडमा दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । पुरा पढौ

पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो

पोखराको मालेपाटनमा तिब्र गतिको सवारी घरमा ठोकियो
पोखरा, ९ असोज/ सोमबार राती पोखरा ५ मालेपाटमा दुर्घटना भएको छ । ग ३ च ८०४६ नम्बरको सवारी साधन पोखरा ५ विचार चोकमा दुर्घटनामा परेको हो । लक्ष्मीनारायण मन्दिरको रेलिङ भत्काउदै गाडी ब्यक्तिको घरको करिडोरको च्यानल गेटमा ठोक्किदा ठूलो आवाज आएको थियो । तिव्र गतिको गुडाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । राती करिब २ बजे दुर्घटना हुदाँ ३ जना सवार मध्य चालक सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । करिब ४५ फिट मुलबाटो छोडेर घरको च्यानल गेटमा… पुरा पढौ

लमजुङमा मोटरसाइकल दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

दुर्घटना
लमजुङ, ८ असोज/ लमजुङको बेसीसहर गैरीधारा नजिकैको सडकमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखेको ग १ त ३८४२ नम्बरको ट्याक्टरसँग ठोकिदा झापा गौरादह–५, घर भई हाल रानीकुवा बस्दै आएका २५ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङ प्रहरीका अनुसार राति साढे ११ बजेको समयमा दुर्घटना हुँदा सख्त घाइते भएका श्रेष्ठलाई उपचारको लागि लमजुङ अस्पतालमा लगिएकोमा उपचारका क्रममै मृत्यु भएको हो । पुरा पढौ

कास्कीको हेमजामा हाइसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दुर्घटना
पोखरा, २४ भदौ/ काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा महानगरपालिका २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट शनिबार मृत्यु भएको प्रहरीको भनाई छ । गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु प्रहरीको भनाई छ… पुरा पढौ

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु
पाल्पा, १३ भदौ/ पाल्पाको जोर्तेमा सुख्खा पहिरा जादाँ स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना, गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । तानसेन रिडी सडक खण्डको जोर्तेमा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बिहान जीपको आदी… पुरा पढौ

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु
पोखरा, ११ भदौ/ पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । बागमती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो । पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी… पुरा पढौ

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना
पोखरा, १० भदौ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मर्दीपुल नजिकै बलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ७ जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । माछापुच्छ्रे इदीखोलाबाट पोखरा आउदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो । जीप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको थियो । पुरा पढौ