पर्यटन

नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने, ३० देशको सहभागीता

नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने, ३० देशको सहभागीता
पोखरा, ४ असोज/ पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको आज राजधानीमा आयोजित घोषणा सभामा जानकारी दिइयो । महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा… पुरा पढौ

पर्वतारोहणको उत्कृष्ट अध्ययन क्षेत्रबन्दै अन्नपूर्ण रेन्ज र मर्दी हिमाल

पर्वतारोहणको उत्कृष्ट अध्ययन क्षेत्रबन्दै अन्नपूर्ण रेन्ज र मर्दी हिमाल
पोखरा, १ असोज/ पछिल्लो समय व्यवसायीक शिक्षामा विद्यार्थीको रुचि बढ्दै गएको छ । त्यसैलाई ध्यानमा राखेर कलेजहरुले पनि व्यवसायीक शिक्षमामा जोडदिन थालेका छन् । नेपालमा रोजगारीको क्षेत्र भने पर्यटन र पर्वतारोहण क्षत्रे हो । नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षाको अध्ययन हुदै आएको छ । पर्वतारोहणका प्रयोगात्मक अभ्यासका लागि कास्कीको अन्नपूर्ण र मर्दी हिमाल उपयुक्त बन्दै गएको छ । व्यवसायीक शिक्षामा विद्यार्थीको रुचि बढ्दै गएपछि त्यसैलाई ध्यानमा राखेर कलेजहरुले पनि व्यवसायीक शिक्षमामा जोडदिन थालेका छन् । पर्वतारोहण सम्बन्धी उच्च शिक्षा अध्ययन… पुरा पढौ

पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी, पर्यटन व्यवसायी पौडेल सम्मानित

पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी, पर्यटन व्यवसायी पौडेल सम्मानित
पोखरा, १२ भदौं/ पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन् । परीषदको बुधबार पोखरामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी दुई बर्षीय कार्यकालको लागि चयन भएका हुन् । त्यसै गरी परिषदको ६ जना सदस्य चयन भएकाा छन् । परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चयन हुनु भएको परिषदले जनाएको छ । अन्य… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दा दिएको छुटको पर्यटन व्यवसायीद्धारा स्वागत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दा दिएको छुटको पर्यटन व्यवसायीद्धारा स्वागत
पोखरा, २ भदौ/ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने घोषणाको पोखराका व्यवसायीले स्वागत गरेका छन् । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो । त्यसको पोखराका पर्यटन व्यवसायीले आइतबार पत्रकार सम्मेलन गरी स्वागत गर्दै छिटो भन्दा छिटो कार्यान्यन गर्न माग गरेका छन् । विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा… पुरा पढौ

हाइकिङको ५० औं श्रृङ्खला पोखरा २३ मा, पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा

हाइकिङको ५० औं श्रृङ्खला पोखरा २३ मा, पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा
पोखरा, ३० साउन/ हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा… पुरा पढौ

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा
पोखरा, २८ साउन/ पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु… पुरा पढौ

टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल
पोखरा, २६ साउन/ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको ‘भुटान फाम टूर’ गरेर फर्किएको छ । अमीन भुटान टुर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध भुटानमा टूर विक्री गर्ने कम्पनीका प्रतिनिधिलाई भुटान फाम टूरमा सहभागी भएका थिए । पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टानका १५ जना प्रतिनिधिले अगस्ट ३ देखि ७ सम्म भुटानको भ्रमण गरेका हुन् । भुटान भ्रमणका क्रममा विभिन्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । भुटानका परराष्ट्रमन्त्री… पुरा पढौ

पोखरा पर्यटन क्षेत्रका समस्या संघीय मन्त्रीलाई स्मरणपत्र

पोखराको पुम्दिकोटमा १४ करोड लगानीमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल
पोखरा, २२ साउन / नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् । संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर,… पुरा पढौ

पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम

पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम
पोखरा, १७ साउन/ ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल९टान० गण्डकीले व्यवसायीलाई फोटो तथा भिडियोग्राफी सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा टान गण्डकीले संस्थामा आबद्ध कम्पनी सञ्चालकहरुलाई हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी र भिडियोग्राफी तालिम दिइएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । तालिममा पदयात्रा पर्यटनका क्रममा फोटो र भिडियो कसरी खिच्ने भन्नेबारेमा तालिम केन्द्रीत रहेको उनले बताए । तालिमले… पुरा पढौ

तीन जिल्ला जोड्ने गरी गुरुङ सम्पदा पदमार्ग घोषणा

गुरुङ सम्पदा पदमार्ग
सागर राज तिमिल्सिनापोखरा, ११ साउन/ पर्यटनलाई नयाँ नयाँ गन्तव्यमा लैजाने उद्धेश्यका साथ कास्की, लम्जुङ र मनाङ जोड्ने गरेर पदमार्गको विकास भएको छ । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गरी मुख्य र साहेक पदमार्गको खोजी गरेका छन् । पदमार्गले विश्व प्रख्यात अन्नपुर्ण फेरो बाटोको कारण घट्दै गएपछि यहाँका पर्यटन व्यवसायीले नयाँ पदमार्ग खोजी र विस्तारमा लागेका छन् । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको… पुरा पढौ