पर्यटन

पोखराका नरेश भट्टराई एमाले पर्यटन विभागको सदस्यमा मनोनीत

नरेश भट्टराई
पोखरा, १९ जेठ/ पोखरेका पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् । बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले भट्टाराई सहित २४ जना मनोनीत गरे । उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा बहन गर्ने बताए । पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् । पुरा पढौ

होटल संघ गण्डकीको नयाँ कमिटी गठन, अध्यक्षमा शर्मा

होटल संघ गण्डकीको नयाँ कमिटी गठन, अध्यक्षमा शर्मा
पोखरा, ९ जेठ / होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । उनी लेकसाइड स्थित होटल पोखरा भिलेजका संचालक पनि हुन् । प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलालले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी चयन

नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी चयन
पोखरा, ५ बैशाख/ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकीको २७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अधिकारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा संगिता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा रत्नराज रेग्मी। ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल र तुलबहादुर… पुरा पढौ

पाँच महिनामा पोखरा अन्तर्राष्ट्रि विमानस्थल संचालन – मन्त्री आले

प्रेमबहादुर आले
पोखरा, ३० चैत/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिना भित्रमा पोखरामा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रि विमानस्थल संचालनमा आउने बताएका छन् । पोखरामा बुधबार फेवा महोत्सवको उद्घाटन गर्दै विमानस्थलको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी गराउँदै उनले विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए । क्यान ९नेपाल नागरिक उड्डयन प्राधिकरण० सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउँछु, उनले भने । यससँगै पोखराको ल्याण्डफिल साइट… पुरा पढौ

पोखरामा फेवा नव बर्ष महोत्सव शुरु, पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेटमा राख्छौं ₋ मन्त्री आले

पोखरा, ३० चैत/ पोखराको लेकसाइडमा बुधबार देखी १७ औं फेवा नव बर्ष महोत्सव शुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना भएको महोत्सवको पर्यटन तथा संस्कृती मन्त्री प्रेम आलले उद्घाउन गरे । महोत्वको उद्घान गर्दै मन्त्री आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने बताए । उनले नीति तथा कार्यक्रममा राखेर मन्त्रीपरिषद्बाट पास गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । मन्त्री आलेले पोखराका विमानस्थल संचालनका लागि आफुहरु लागि रहेको बताउदै पाँच महिना… पुरा पढौ

सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु पुम्दीकोट बिशाल महादेव मुर्ति अवलोकनमा

पोखरा १९, फागुन/ तीन दिन गण्डकी प्रदेशको अवलोकन भ्रमणमा निस्केको सुदुर पश्चिम प्रदेशका मन्त्रीहरुको टोलीले बिहीबार पोखरा २२ स्थित पुम्दीकोट बिशाल महादेवको मुर्ति अवलोकन भ्रमण गरेको छ । सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीले विहिबार पुम्दीकोटमा हालै निर्माण भएको बिशाल महादेवको मुर्ति अवलोकन गरेको हो । टोलीले बिहीबार पोखरा २२ कै अर्को पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपाःको समेत अवलोकन तथा भ्रमण गरेको हो ।… पुरा पढौ

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

पोखरा, २५ माघ/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो । गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण… पुरा पढौ

पोखरामा थपियो जायन्ट स्वीङ

जायन्ट स्वीङ
पोखरा, २ माघ/ साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिदै आएको पोखरामा जायन्ट स्वीङ थपिएको छ । स्वीङ थपिए सँगजिपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ । हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिले नेपालमा नै पहिलोपटक सन् २०१२ जिपलाइन, सन् २०१४ बञ्जी जम्पसँगै सोही स्थानमा जायन्ट स्वीङ यस वर्षबाट थप गर्दै सञ्चालनमा ल्याएको छ ।  पर्यटनलाई आकर्षण गर्न सुपरम्यान जिपलाइन र जायन्ट स्वीङ सुरू गरिएको हाइग्राउन्ड एडभेन्चर्स प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशन दिनेश महर्जनले जानकारी दिए । उलने नेपालमा नै पहिलो जायन्ट स्वीङ निर्माण… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको… पुरा पढौ