पर्यटन

पोखरा पर्यटन बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पोखरा पर्यटन बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण
पोखरा, २२ असार/ पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले… पुरा पढौ

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत् संवोधन गर्न सुझाव

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत् संवोधन गर्न सुझाव
पोखरा, १८ असार / कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहातका कार्यक्रम ल्याउन होटल संघ पोखरा नेपालले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । केही हप्तापछि सार्वजनिक हुन लागेको नयाँ मौद्रिक नीतिका सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई सुझाव प्रदान गर्न संघले शनिबार पोखरामा उद्योगी व्यवसायीसहित एक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा मागहरु प्रदान गरेका थिए । गत जेठ १५ मा प्रस्तुत… पुरा पढौ

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक (फोटो फिचर)

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
सागर राज तिमिल्सिनापोखरा, १५ असार/ टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकाहरु घन्की रहेका थिए । पर्यटकलाई सेलरोटी, दही र चिउराले स्वागत गर्न पोखरा हेम्जा बासी व्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव ग¥यो । त्यही रोपाई महोत्सवमा स्वदेशी र विदेशी पर्यटक रमाए । पोखरा पर्यटन परिषद्का आयोजनामा पोखरा १७ औं रोपाइ महोत्सव स्वदेशी र विदेशी पर्यटकहरु हिलोले छ्पाछ्याप गर्दै रमाए । परिषद्ले… पुरा पढौ

पोखरामा १७ औ असारे महोत्सव

पोखरामा १७ औ असारे महोत्सव
पोखरा, १३ असार/ पोखरा पर्यटन परिषदको आयोजनामा हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा २५ हेम्जामा हुने भएको छ । पोखरा २५ टमाइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औ असारे महोत्सव गर्न लागेका पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लिराम नेपाली, कृष्ण बहादुर कुबर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाई महोत्सव गर्न लागेको बताए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित नेपाल सबै सिजनमा… पुरा पढौ

जग्गा रोक्का ठप्प हुँदा पर्यटन क्षेत्र मारमा

पोखरा, ३१ जेठ । सरकारले ल्याएको भूमिको खण्डिकरण सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरु तत्काल कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुग्दा पर्यटन लगायत अन्य क्षेत्र समेत मारमा परेको भन्दै यसलाई तत्काल सच्याउन वा नयाँ विकल्प दिन होटल सम्बद्ध दुई संस्थाले माग गरेका छन् । होटल संघ नेपाल (हान) गण्डकी र होटल संघ पोखरा, नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले भुउपयोग नियमावली २०७९ कार्यान्वयनमा ल्याउँदै कृषि र गैर कृषि क्षेत्रका रुपमा… पुरा पढौ

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाख यात्रामा

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाख यात्रामा
पोखरा, २२ जेठ/ पोखराको पर्यटन प्रबद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका भारतका विभिन्न सहरहरु हुदै लदाखसम्मको यात्रामा निस्केका हुन् । पोखरा सहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए… पुरा पढौ

अन्नपूर्ण आरोहण दिवसः पदयात्रा पर्यटनसँग लेस्पारलाई जोड्नुपर्ने

अन्नपूर्ण आरोहण दिवसः पदयात्रा पर्यटनसँग लेस्पारलाई जोड्नुपर्ने
पोखरा, २१ जेठ/ अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पर्वतमा दिवस मनाएको छ । संघद्वारा पर्वतको मोदी गाउँपालिका वडा नं ४ मा भएको कार्यक्रममा लेस्पारलाई पदयात्रा पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा वक्ताहरूले धेरै सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक गन्तव्य भएको बताए । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भए पनि यसको प्रचार प्रसार हुन नसकेको बताए । उनले प्रवद्र्धन र विकासका… पुरा पढौ

पोखराका नरेश भट्टराई एमाले पर्यटन विभागको सदस्यमा मनोनीत

नरेश भट्टराई
पोखरा, १९ जेठ/ पोखरेका पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् । बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले भट्टाराई सहित २४ जना मनोनीत गरे । उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा बहन गर्ने बताए । पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् । पुरा पढौ

होटल संघ गण्डकीको नयाँ कमिटी गठन, अध्यक्षमा शर्मा

होटल संघ गण्डकीको नयाँ कमिटी गठन, अध्यक्षमा शर्मा
पोखरा, ९ जेठ / होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । उनी लेकसाइड स्थित होटल पोखरा भिलेजका संचालक पनि हुन् । प्रदेशको प्रथम बोर्ड बैठक नाम दिइएको भेलालले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी चयन

नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी चयन
पोखरा, ५ बैशाख/ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकीको २७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अधिकारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा संगिता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा रत्नराज रेग्मी। ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल र तुलबहादुर… पुरा पढौ