नरेश भट्टराई
पोखरा, २ भदौ/ रेष्टुरेण्ट एण्ड बार एशोसिन रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई चयन भएका छन् । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिबेशनले अध्यक्ष भट्टराई सहित नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्धितिय उपाध्यक्षमा बसन्त गौतम, महासचिबमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जंग कार्की, सचिबमा भिष्मराज पौडेल र सहकोषाध्क्षमा बैभव पौडेल चयन भएका छन् ।
त्यस गरी सदस्यहरुमा लोक बहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बानियाँ, विरेन्द्र शेरचन, लोकप्रसाद ढकाल चयन भए ।
साधारण सभा तथा अधिबेशनलाई गण्डकी प्रदेशका सांसद राजिब पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष सन्जिब बहादुर कोइराला लगाएतले शुभकामाना दिएका थिए ।