पोखरामा प्याराग्लाइडिङ उडान व्यवस्थापन गर्ने जिम्मा हवाई खेलकुद संस्थालाई

-


     क्लिक गण्डकी     
     श्रावण २४ गते २०७९ मा प्रकाशित


प्याराग्लाइडिङ

file photo

पोखरा, २४ साउन/ पोखरामा प्याराग्लाइडिङ उडानको स्लट व्यवस्थापनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल हवाई खेलकुद संस्थालाई अधिकार प्रत्यायोजन गर्दै यस्तो जानकारी गराएको हो । यो प्याराग्लाइडिङ सञ्चालकहरुको संस्था हो ।

साउन २० गते संस्थालाई पत्र लेख्दै प्राधिकरणले पोखरामा सञ्चालन हुने प्याराग्लाइडिङ उडानका लागि हरेक उडानको स्लट व्यवस्थापन प्रभावकारी हुने गरी (पालै पालो) समय तोक्न निर्देशन दिएको छ । यो नियम प्याराग्लाइडिङ कम्पनीले नमाने वा संस्थाले अनुगमन नगरेमा कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

पोखरामा प्याराग्लाइडिङको अनुगमन, नियमन र यससँग सम्बन्धित व्यवस्थापन गर्ने कामको अधिकार प्राधिकरणले यो संस्थालाई प्रत्यायोजन गरेको छ । जेठ १५ नै निर्णय भए पनि प्राधिकरणले साउनमा आएर बल्ल संस्थालाई जानकारी दिएको हो ।



Tags: