विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव

-


     क्लिक गण्डकी     
     असाेज ९ गते २०७९ मा प्रकाशित


विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव

विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव

पोखरा, ९ असोज/ विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को अवसरमा पोखरामा एक दिने मिनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) ले असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो ।

‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए ।

लेकसाइडको फिस्टेल गेटदेखि बाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म महोत्वस गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए ।

महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछ भने जातीय भेषभुषासहितका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिने बताए ।

पर्यटनलाई परम्परागत भन्दा नविनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेवानका कार्यबहाक अध्यक्ष विश्व पौडेले बताए । उनले देशमा रहेका सम्पूर्ण मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन र विकास गर्दै आर्थिक उपार्जनमा जोडेर जानुपर्ने र यसमा सञ्चारकर्मीको प्रवद्र्धनात्मक भूमिका महत्वपूर्ण रहेको बताए ।

सोही अवसरमा पोखरा पर्यटन परिषद्ले पनि ‘पोखरा अन्तराष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

उनले पोखराको पर्यटनलाई विश्व बजारमा पु¥याउनका लागि छिमेकी मुलक भारतका विभिन्न शहरबाट १० जना पत्रकारलाई पोखरामा पर्यटकीय गन्तब्यको स्थलगत भ्रमण गराउने र अन्तराष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्रि म्यानेजर’सँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको बताए ।



Tags: ,