पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक (फोटो फिचर)

-


     क्लिक गण्डकी     
     असार १५ गते २०७९ मा प्रकाशित


पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक

सागर राज तिमिल्सिना
पोखरा, १५ असार/ टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकाहरु घन्की रहेका थिए । पर्यटकलाई सेलरोटी, दही र चिउराले स्वागत गर्न पोखरा हेम्जा बासी व्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव ग¥यो । त्यही रोपाई महोत्सवमा स्वदेशी र विदेशी पर्यटक रमाए ।

पोखरा पर्यटन परिषद्का आयोजनामा पोखरा १७ औं रोपाइ महोत्सव स्वदेशी र विदेशी पर्यटकहरु हिलोले छ्पाछ्याप गर्दै रमाए । परिषद्ले “पोखरा सवै मौसमका लागी” भन्ने नारा सहित हरेक वर्ष फरक–फरक ठाउँमा महोत्सव गर्दै आएको छ । हिलोमा खेल्दा खेल्दा विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटक केही कम संख्या देखिएका थिए । महोत्सवले संस्कृतिको जगेर्नाका लागि आयोजना गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए ।

पोखरा २५ माइस्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औ असारे महोत्सव गर्न भएको थियो । सिमसिम झरीमा महोत्सव हेर्न स्कुले विद्यार्थी देखी बुढापाकाहरु पनि आएको थिए । विदेशी पर्यटकहरुले असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष खेल्न पाउदाँ खुशी लागेको बताए । नेपाली परम्परागत रोपाँई हेर्न अवसर पाएकोप्रति पर्यटक निकै खुशी देखिन्थे ।
मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पर्यटक र स्थानीयहरु हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलो माछा समाउने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगितामा भाग लिदै रमाए ।

रोपाहारले हातमा धानको बीउ लिदैं हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाउँदा महोत्सवस्थल नै संगीतमय बनेको थियो । त्यती मात्रै हैन् पञ्चेबाजा र लोकदोहोरी कलाकारहरुले थप रौनकता थपेका थिए ।

पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक
पोखरामा रोपाई महोत्सवमा रमाए पर्यटक