पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०८१ मा प्रकाशित


पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम

पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम

पोखरा, १७ साउन/ ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल९टान० गण्डकीले व्यवसायीलाई फोटो तथा भिडियोग्राफी सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा टान गण्डकीले संस्थामा आबद्ध कम्पनी सञ्चालकहरुलाई हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी र भिडियोग्राफी तालिम दिइएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

तालिममा पदयात्रा पर्यटनका क्रममा फोटो र भिडियो कसरी खिच्ने भन्नेबारेमा तालिम केन्द्रीत रहेको उनले बताए । तालिमले हिमाल पदयात्रामा जाँदा फोटो र भिडियो खिच्न सघाउ पुग्ने टान गण्डकीको विश्वास छ ।

टान गण्डकीमा आबद्ध ७२ वटा कम्पनीका सञ्चालकहरु सहभागि भएको तालिममा राम गुरुङ र प्रेम थापाले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रम टान गन्डकीका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव तिर्थराज सुवेदीले गरेका थिए ।