पर्यटन

तान्चोकको कान्छी बराह मन्दिर प्रवद्र्धनको लागि हाइकिङ

तान्चोकको कान्छी बराह मन्दिर प्रवद्र्धनको लागि हाइकिङ
पोखरा, ४ पुष/ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ । गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त हाइकिङमा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणिय कार्य गरेको वताउँदै समय मिलेसम्म आफु सहभागी हुने वताए । साथै उनले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले निति ल्याउनु पर्ने वताउँदै आफुले निति तथा कार्यक्रम निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । पितम… पुरा पढौ

पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ
पोखरा, २२ मंसिर/ पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले… पुरा पढौ

पोखराको पर्वतीय संग्रहालयमा २३ गतेबाट महोत्सव

पोखरा, १४ मंसिर/ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताउनुभयो । “सङ्ग्रहालय अवलोकन… पुरा पढौ

पोखरामा नियमीत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह

पोखरामा नियमीत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह
पोखरा, ५ मंसिर/ प्रधानमन्त्री केपी शर्मा ओलीलाई गण्डकी प्रदेश सरकारका मन्त्री र पोखराका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल सहितको टोलीले नियमीत उडानको लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे । प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण… पुरा पढौ

गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

गगनगौंडा गढीस्थित पशुुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
पोखरा, १५ असोज/ पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिर परिसरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । शुक्ला गण्डकी नदीको किनारास्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३२ र ३३ को संगमस्थल जस्तै बनेको मन्दिरलाई धार्मिक आस्था र विश्वासको गन्तव्यका रुपमा विकास गर्ने पशुपतिनाथ मन्दिर संरक्षण समितिको दीर्घकालीन लक्ष्य रहेको आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिनुभयो । धार्मिक एवम् सामाजिक व्यक्तित्व सीता थापाको पहलमा २०७२ साल मंसिर २४ गते समाजसेवी तीर्थ जंगलीले शिलान्यास… पुरा पढौ

पोखराको प्याराग्लाइडिङमा नयाँ शुल्क

प्याराग्लाइडिङ
पोखरा, ११ असोज / पोखराको प्याराग्लाइडिङ उडानको नयाँ मुल्य तोकिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले नयाँ मुल्य निधारण गरेको हो । नेपाल हवाई खेलकुद संस्थाको प्याराग्लाइडिङ व्यवसायी उपसमिति र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त बैठकले आधा घन्टासम्म र एक घन्टासम्मको फरक फरक दर तोकेको छ । १५ देखि ३० मिनेटसम्म संस्थागत मूल्य ७ हजार ५०० र अधिकतम बजार मूल्य ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार २५० र अधिकतम… पुरा पढौ

भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम
पोखरा, १० असोज/ गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशको आयोजनामा ४५ औं विश्व पर्यटन दिवसको पुर्व संध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै निकायलाई आग्रह गरेका थिए । उक्त पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास… पुरा पढौ

गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न सँग सँगै लाग्ने

हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै पर्यटन व्यवसायी
पोखरा, १० असोज/ गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्न एक अर्को प्रदेशले सहयोग गर्ने भएका छन् । लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने र गण्डकी टे«किङ व्यवसायीहरुको छलफलमा प्रर्वद्धन गर्न लाग्ने बताएका हुन् । टान गण्डकीले पोखरामा लुम्बिनी प्रदेशका पर्यटन मन्त्रीलाई स्वागत गर्दै एक अर्को प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए । गण्डकी प्रदेशको ढोरपाटन र लुम्बिनी प्रदेशको रुकुम टे«किङका लागि उपयुक्त रहेको भन्दै दुबै प्रदेश मिलेर त्यसको विकासमा लाग्नु पर्ने टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए… पुरा पढौ

प्रदेश सरकारले जहाज किन्ने प्रस्ताब

बद्रीप्रसाद पाण्डे
पोखरा, ९ असोज/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रदेश सरकारले जहाज किनेर चलाउने प्रस्ताव गरेका छन् । संघीय पर्यटनमन्त्री, बागमतीबाहेक ६ प्रदेशका पर्यटनमन्त्री र पर्यटनसंवद्ध सरकारी निकायको बुधबार पोखरामा भएको छलफलमा उनले प्रत्येक प्रदेशको नाममा जहाज किन्ने प्रस्ताव गरेका हुन् । पर्यटन मन्त्री पाण्डेले प्रदेशका आआफ्नै नामसहितका जहाज चाहिन्छ भन्ने कुरामा बैठकमा समझदारी भएको बताए । उनले त्यसले पर्यटन प्रवद्र्धन गर्न सहयोग हुने बताए । नेपाल एयरलायन्सले कम्तीमा ट्वीनअटर जहाज प्रत्येक प्रदेशको नाममा खरिद गर्ने प्रस्ताव बैठकमा… पुरा पढौ

पर्यटन दिवसको असवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने

पर्यटन दिवसको असवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने
पोखरा, ९ असोज/ ४५ औं पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गर्ने भएको छ । यस वर्षको नारा टुरिजम एण्ड पिस (पर्यटन र शान्ति) तय गरेको छ । पोखरामा पोखरा पर्यटन परिषद् आयोजनामा विविध कार्यक्रम हुने भएको छ । यसमा गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिकाले सहकार्य गर्ने छन् भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धक छ । परिषद् आयोजनामा ९–१२ असोजसम्म विभिन्न कार्यक्रम हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । नीति संवाद, घरबास कार्यक्रम, पदयात्रा,… पुरा पढौ