प्रमुख समाचार

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट मेयरमा १२ र उपमेयरमा ११ जनाको आवेदन

पोखरा, २९ चैत/ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको अहिले नेतृत्व एमालेले गरिरहेको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेका बलियो देखिन्छ । त्यसैले मेयर र उपमेयरको उमेद्वार हुन लागि परेका छन् । पोखरा महानगरपालिकाको मेयरको लागि दर्शन लामा, पुष्पज्योती ढुङ्गगाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भिम कार्की, रश्मी आचार्य, प्राडा.… पुरा पढौ

बैशाख २ गतेदेखि पोखरामा ९ ए साईड भेट्रान फुटबल प्रतियोगिता

पोखरा, २९ चैत/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशीको नाईन ए साईड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पुरा गरिसकेको छ । ‘दैनिक एक घण्टा व्यायाम’ नारा दिइएको छ । नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता गर्ने निर्णय अनुसार आवश्यक तयारीलाई पूर्ण गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर… पुरा पढौ

पोखरा महानगरमा एमालेका तर्फबाट वडा अध्यक्ष र सदस्यका उम्मेद्वार कतै सिफारिस कतै आज

पोखरा, २८ चैत/ स्थानीय निर्वाचनका लागि नेकपा एमालेले वडा कमिटीबाट वडा अध्यक्ष र सदस्यका उमेद्वारको नाम सिफारिस गर्न थालेका छन् । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका ३३ वडामा चैत २७ गते वडा अध्यक्ष र सदस्य उमेद्वारहरुको नाम सिफारी गर्ने निर्देशन दिएको थियो । सर्वसम्मत गर्न नसकेको खण्डमा प्रत्येक पदमा १ जना महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए । आइतबार नाम टुङ्गो नलागेमा सोमबार नाम टुङ्गो लगाएर पठाउने भनिएको उनले बताए… पुरा पढौ

क्रिकेट सिरिजको उपाधि कास्की बीलाई

क्रिकेट सिरिजको उपाधि कास्की बीलाई
पोखरा, २७ चैत/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो । नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे ।… पुरा पढौ

स्वतन्त्र मेयरका उमेद्वारको घोषणापत्रः “निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन”

पोखरा, २६ चैत/ अटेरी अभियानले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पोखरामा आयोजित पोखरा लक्ष्य २०७९ कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम मार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । “निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन” अटेरी अभियान पोखरा लक्ष्य २०७९ नाम दिइएको घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक गरि सकेपछि सिद्धार्थ नगर नगरपालिका रुपन्देही प्रमुखमा अटेरी उम्मेद्वारी घोषणा गरेकी इशा खड्काले सचेत नागरिकको हैसियले सबैले अटेर गर्नुपर्ने बताइन् । नागरिकहरु नैतिक रहँदा रहँदै पनि व्यवस्थाले नागरिकहरुलाई अनैतिक बन्न बाध्य पारेको… पुरा पढौ

गण्डकीको चालु हिउँदे अधिवेशन अन्त्य

पोखरा, २५ चैत/ गण्डकी प्रदेश सरकारले संसदको चालु हिउँदे तथा नवौं अधिवेशन अन्त्य गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शुक्रबार राति १२ देखि अधिवेशन अन्त्य भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले बताए । बिहीबारको मन्त्रीपरिषद्को बैठकले हिउँदे अधिबेसन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।अधिकारीले चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्ये भएको घोषणा गरेका हुन् । हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएका छन् । पुरा पढौ

गण्डकी प्रदेश सरकारले अस्पताल र ११ जिल्लाका खेलकुद समितिका अध्यक्ष हटायो

गण्डकी प्रदेश
पोखरा, २५ चैत/ गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारी र ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र सदस्यहरुलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल र खेलकुद समितिका अध्यक्षहरुलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेल लगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै २४ घन्टे अल्टिमेटम सहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो… पुरा पढौ

नबिल बैंकको सामाजिक उद्यमशीलताका लागि ला–ग्राण्डीमा आवेदन खुल्यो

पोखरा, २५ चैत/ ला–ग्राण्डी इन्टरनेशनल कलेजमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन हुने भएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्दन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन कार्यक्रम शुरु गरिएको कलेजले जनाएको छ । कार्यक्रम अन्तर्गत ३ महिना अवधिको प्रशिक्षण वर्षैभरि सञ्चालन गरिने बैंकले जनाएको छ । नबिल बैंकको सहकार्यमा सञ्चालन गरिने कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग… पुरा पढौ

उज्यालो गण्डकी प्रदेश घोषणाका तयारीमा गण्डकी प्रदेश

उज्यालो गण्डकी प्रदेश घोषणाका तयारीमा गण्डकी प्रदेश
पोखरा, २४ चैत/ गण्डकी प्रदेश सरकारले २ वर्षभित्रमा उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्य लिएपनि चार वर्ष पुरा भई सक्दा पनि विद्युतीकरण हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को अन्त सम्ममा गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री हरिशरण आचार्यले बिहीबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । उनले अहिले सम्म ५ हजार ९ सय ५५ घरधुरीमा नयाँ मिटर जडान गरि बत्ती बालिएको बताए । बाग्लुङ, नवलपरासी, कास्की र गोरखाका केही घरमा विद्युत जडान… पुरा पढौ

गणेशबहादुर भट्टराईलाई मेयरको उमेद्वार बनाउन नेपाल पर्यटन व्यवसायी संघको आग्रह

गणेशबहादुर भट्टराई
पोखरा, २४ चैत/ पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ । पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत महानगरको उपमेयर समेतको जिम्मेवार सम्हालेका भट्टराईलाई मेयर बनाउँदा पोखराको पर्यटन क्षेत्रसँगै समग्र पोखराको विकास हुने बताए । कार्यक्रममा पर्यटन व्यवसायी काँग्रेसका नेता गणेशबहादुर भट्टराईले भिजन र मिसन भएको लोकप्रिय व्यक्तिलाई पार्टीले महानगरको मेयर उम्मेदवार छनोट गर्नुपर्ने बताए । उनले जितेर देखाउनु ठूलो… पुरा पढौ