गण्डकी प्रदेश संसद
पोखरा, २५ चैत/ गण्डकी प्रदेश सरकारले संसदको चालु हिउँदे तथा नवौं अधिवेशन अन्त्य गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शुक्रबार राति १२ देखि अधिवेशन अन्त्य भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले बताए ।
बिहीबारको मन्त्रीपरिषद्को बैठकले हिउँदे अधिबेसन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई जानकारी गराएको थियो ।
अधिकारीले चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्ये भएको घोषणा गरेका हुन् ।
हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएका छन् ।