प्रमुख समाचार

तनहुँंको शुक्लागण्डकी तीन जना हत्याकाण्डः एक जना पक्राउ

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर
तनहुँ, २९ पुस/ तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटमा तीन जनाको हत्याकाण्डमा प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका युवकले हत्या स्वीकार गरेको बताएको छ । अहिले अनुसन्धान चलिरहेको र बुधबार अनुसन्धान सकाएर सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बुधबार जिल्ला अदालत तनहुँबाट म्याद थपलगत्तै सार्वजनिक गर्ने प्रहरीको तयारी छ । हत्याको स्वीकार गर्ने स्थानीय युवक हुन् । उनी बेलाबखत फोहोरमैला प्रशोधन केन्द्र आसपास जाने गरेका थिए । मृतकसँगै बसेर खाने पिउने व्यक्ती रहेको रहेको… पुरा पढौ

गोरखामा श्रृखलाबद्ध रुपमा चोरी गर्ने पक्राउ

चोरी
पोखरा, २८ पुस/ गोरखामा विभिन्न ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका–१० र ७ मा भएका छुट्टाछुट्टै सुन चोरी घटनाको अनुसन्धानका क्रममा संलग्न एक जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार गोरखा नगरपालिका–५ निवासी १९ वर्षीय सविन गुरुङ भन्ने रविन गुरुङलाई चोरीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ । उनको घर, कोठा तथा लुकाइछिपाइ राखिएका स्थानबाट सुनका विभिन्न गरगहना, मोबाइल रिचार्ज कार्ड तथा नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ… पुरा पढौ

१४ औं पोखरा महोत्सव सुरु

१४ औं पोखरा महोत्सव सुरु
पोखरा, २८ पुस/ पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको… पुरा पढौ

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर
पोखरा, २८ पुस/ तनहुँ शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रमा भएको हत्याका बारेमा प्रहरीले अनुसन्धान गरी रहेको छ । फोहोर मैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई जना पुरुषको शव फेला परेको थियो भने केहीपर महिलाका शव फेलापरेको थियो । तीनै जनालाई धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको देखिन्छ । घटना रहस्यपूर्ण बन्यो तत्काल प्रहरीको प्राविधिक र तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको अनुसन्धान सुरु भयो । दुई पुरुषको शव भेटिएको स्थानबाट कुकुरले अनुसन्धान सुरु ग¥यो । पहिला फोहोर प्रशोधन… पुरा पढौ

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत
पोखरा, २७ पुष / ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले तीन पत्रकार सम्मानीत गरेको छ । ३२ औँ साधारण सभाको अवसरमा टान गण्डकीले पोखरामा रहेर सक्रिय पत्रकारीता गर्ने पत्रकारलाई सम्मान गरेको हो । पर्यटन प्रवद्धनमा उत्कृष्ट योगदान पुर्‍याउने ती पत्रकार नगर पुरस्कारसहित सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा पत्रकार विमल तिवारी, सुमन ढुङ्गाना र सागर ढकाल रहेका छन् । उनीहरूको पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको थियो । सबै पुरस्कृतहरूलाई टान नेपालका अध्यक्ष सागर पाण्डे, टान गण्डकीका अध्यक्ष… पुरा पढौ

कास्की आइडलको उपाधि रोजिता र शिखालाई

कास्की आइडलको उपाधि रोजिता र शिखालाई
पोखरा, २७ पुस/ कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए । दुवै… पुरा पढौ

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसः शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ हरिदेवी कोइरालालाई

एन प्याब्सन कास्कीको २७ औं स्थापन दिवसः शिक्षा÷साहित्यसेवा सम्मान प्राज्ञ हरिदेवी कोइरालालाई
पोखरा । नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ ।… पुरा पढौ

‘नयाँ पुस्ताको हातमा सत्ता आए ७ दिन नेपालमा आगो बल्छ’

‘नयाँ पुस्ताको हातमा सत्ता आए ७ दिन नेपालमा आगो बल्छ’
पोखरा, २७ पुस/ समाज, संस्कृति र इतिहासका गलत भाष्यहरुविरुद्ध वैचारिक असहमति प्रकट गर्ने व्यक्ति हुन्, चर्चित विश्लेषक सौरभ । सनातन इतिहास, परम्परा र संस्कृतिलाई राष्ट्र निर्माणको जग मान्ने लेखक हुन् एकान्त शर्मा । तिनै सौरभ र एकान्तले शनिबार पोखरामा एउटै मञ्चमा एकसाथ असहमति–तन्त्र प्रकट गरे । बुकहिलको आयोजना र ¥यान्डम रिडर्स सोसाइटी सहआयोजनामा पोखराको होटल पोखरा ग्राण्डमा भएको बुकहिल बुकान्जाको पहिलो शत्र ‘असहमति–तत्र’ मा दुवैजनाले आआफ्नो असहमति सुनाए । चर्चित विश्लेषक सौरभले नयाँ पुस्ताले देशको शासन हातमा ल्याए ७ दिनसम्म… पुरा पढौ

पोखरामा बुकहिल बुकाञ्जा

पोखरामा बुकहिल बुकाञ्जा
पोखरा, २७ पुस/ बुकहिल पब्लिकेशनको आयोजना र ¥यान्ड्म रिडर्स सोसाइटीको सहआयोजनामा पोखरामा शनिबार ‘बुकहिल बुकाञ्जा’ भएको छ । वरिष्ठ साहित्यकार सरुभक्तलाई बुकहिल पब्लिकेशनका संस्थापक अध्यक्ष भुपेन्द्र खड्काले पुस्तक हस्तान्तरण गरेपछि सुरु भएको बुकाञ्जामा विभिन्न ७ वटा सत्र भएका थिए । पहिलो सत्रमा ‘असहमति–तन्त्र’ शिर्षकमा सौरभ र एकान्त शर्मा गफिए । चर्चित विश्लेषक सौरभले समाज, संस्कृति र इतिहासका गलत भाष्यहरुविरुद्ध वैचारिक असहमति प्रकट गरे । सनातन इतिहास, परम्परा र संस्कृतिलाई राष्ट्र निर्माणको जग मान्ने एकान्त शर्माले सौरभसँग एउटै मञ्चमा एकसाथ असहमति–तन्त्र… पुरा पढौ

अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा पौडेल निर्वाचित

अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा पौडेल निर्वाचित
पोखरा २६ पुस / अधिकृत बिक्रेता संघ, पोखराको १९ औं साधारण सभा तथा १०औं अधिवेशनले तेजेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा दिलिपकुमार श्रेष्ठ, उपाध्यक्षमा रबि सापकोटा, महासचिव राजेन्द्र श्रेष्ठ, उपमहासचिवमा ज्ञानेन्द्र गौतम, कोषाध्यक्षमा देवेन्द्र प्रजु र सह कोषाध्यक्षमा नबराज अधिकारी चुनिएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा, अमृत सापकोटा, बिजेन्द्र शर्मा पौडेल, सन्दिप भट्टराई, ध्रुबराज थापा , विनय राजभण्डारी चयन भए । संघको बिधान अनुसार थप दुई सदस्यहरू पहिलो बैठकबाट मनोनित गर्ने… पुरा पढौ