पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट मेयरमा १२ र उपमेयरमा ११ जनाको आवेदन

-


     क्लिक गण्डकी     
     चैत्र २९ गते २०७८ मा प्रकाशित


सुर्य एमालेको चुनाब चिन्ह

पोखरा, २९ चैत/ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको अहिले नेतृत्व एमालेले गरिरहेको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेका बलियो देखिन्छ । त्यसैले मेयर र उपमेयरको उमेद्वार हुन लागि परेका छन् ।

पोखरा महानगरपालिकाको मेयरको लागि दर्शन लामा, पुष्पज्योती ढुङ्गगाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भिम कार्की, रश्मी आचार्य, प्राडा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको उमेद्वारी परेको छ ।

त्यसै गरी उपमेयरमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेब ढुङ्गाना, टिकाराम पगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जिवन प्रसाद आचार्य, बलराम गायक, हरीमाया गुरुङ र बैनबहादृुर क्षेत्री रहेका छन् ।

अघिल्लो निर्वाचनमा पोखरा महानगरमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार कांग्रेसका रामजी कुँवरलाई साढे १३ हजार मतले हराएका थिए ।



Tags: ,