प्रमुख समाचार

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या, प्रहरीले सार्वजनीक ग¥यो
पोखरा, ९ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भएको हत्यामा संलग्नहरुलाई कास्की प्रहरीले सार्वजनीक गरेको छ । चैत ३ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङ मृत भेटिएका थिए । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ गरेर शुक्रबार प्रहरीले सार्वजनीक गरेको छ । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते रामलाल मृत फेला परेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध… पुरा पढौ

एमाले कास्कीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले कास्कीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने
पोखरा, ९ चैत/ नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक… पुरा पढौ

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो

कास्कीको भिरबाट लडेरका थापाको शव सशस्त्रले निकाल्यो
पोखरा, ९ चैत /कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ जिमिरेस्थित भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय यामबहादुर थापा रहेका छन् । कास्कीको करुवा सेती हाइड्रोपावरमा कार्यरत थापा बुधबार भिरबाट लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । थापाको शव भिरमै अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको विपद् उद्धार टोलीले निकालेको हो । पुरा पढौ

पोखरामा सशस्त्रको कालिका पेट्रोल पम्प २४ सै घन्टा खुला

पोखरा, ९ चैत/ पोखरामा सशस्त्र प्रहरीको कालिका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेको छ । काठमाडौं सहित पोखरामा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको पेट्रोल पम्पहरु सञ्चालन हुन थालेको हो । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएका हुन् । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प चैत ७ गतेदेखि २४ सै घण्टा खुला गरिएको छ,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान… पुरा पढौ

कास्कीका डिएसपीको सरूवा, श्रवणको ठाउँमा बसन्त आउने

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, ८ चैत/ प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरु सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ । सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउने छन् । कास्कीको डिएसपीमा बसन्त कुमार शर्मा सरुवा भएका छन् । यस अगाडी कर्णाली प्रदेश प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा रहेका थिए । कास्की प्रहरी रहेका डिएसपी श्रवण कुमार विक नेपाल प्रहरी राजमार्ग… पुरा पढौ

कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या

पोखरा, ८ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङको भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते पुरुषको शव भेटिएको थियो । मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष्यको भेट, क्रिकेट विकासमा सघाउने

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष्यको भेट, क्रिकेट विकासमा सघाउने
काठमाडौँ, ७ चैत/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताउनुभयो । “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड… पुरा पढौ

धुँवा र तुवालोले पोखराबाट उडान प्रभावित

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, ७ चैत्र / धुँवा र तुवालोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवरुद्ध भएको छ । बुधवार विहान पोखराबाट बुद्ध एयरको दुइटा र यति एयरको एउटा फ्लाइट पोखराबाट काठमाडौं उँडे पनि त्यसपछि उडान अवरुद्ध भएको विमानस्थलका सुचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । पोखराबाट काठमाडौ विहान तीनवटा जहाज गए पनि काठमाडौंबाट पोखरा एउटा पनि जहाज आउन नसकेको उनले बताइन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजले उडान तथा अवतरण गर्न कम्तिमा ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्छ । धुँवा र… पुरा पढौ

बेगनासतालमा ड्रागन बोट रेस हुने

पोखरामा आज चिनियाँ ड्रागन बोट रेस फेस्टिभल शुरु
पोखरा, ७ चैत/ बेगनासतालमा चैत ११ र १२ गते ड्रागन बोट रेस हुने भएको छ । फागु पूर्णिमाको अवसरमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने भएको हो । प्रतियोगिता अन्तर्गत २ विधामा प्रतिस्पर्धा हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीमा बोटरेस हुने होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । ५ सय मिटर दौडको विजेताले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ भने दोस्रोले १ लाख २० हजार पाउने छ । तेस्रो… पुरा पढौ

फेवा महोत्सव सफल पार्न २१ उपसमिति

फेवा महोत्सव सफल पार्न २१ उपसमिति
पोखरा, ७ चैत । होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता प्रदान गरेका छन् । महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँठफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ ।… पुरा पढौ