अर्थतन्त्र

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ७ सय गणना गर्दा सदस्यमा कस्को कति

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत
पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ७ सय गणना गर्दा सदस्यमा कस्को कति पुरा पढौ

सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने

सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने
पोखरा, ३० भदौ/ पोखराको बैदाम जरेवरमा रहेको सुलभ उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा गण्डकी प्रदेश सांसद देवका पहारीले पर्यटन व्यवसायीहरुद्धारा संञ्चालित उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेका डिपार्टमेन्टल स्टोरमा स्थानीय किसानले उत्पादन गरेका बस्तुलाई प्रथामिक्ता दिएर बिक्री वितरण गर्दै आएको भन्दै प्रशंशा गरिन् । कोभिड पछि थला परेको पर्यटन उद्योगले अझै गति लिन नसकेको बताउँदे संकटमा सरकार पर्यटन मैत्री हुनु पर्ने सांसद पहारीले बताइन् । पर्यटन व्यवसायका समास्या समाधान गर्न आफू सधै… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनमा २२५१ मत खस्यो, मत गणना कहिले

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, २९ भदौ /पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । नयाँ नेतृत्वका लागिअर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । नेतृत्वका लागि पोख्ररेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् भने कार्की प्यानल नबनाई चुनावी मैदानमा छन् । आगामी कार्य कालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दिनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिवमा र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ निर्विरोध भएको छन् । उपमहा सचिवमा… पुरा पढौ

पोखराको बजारमा ओमोडा ई५ डीएलएक्स र अफरोडर एसयूभी जेको जे६

पोखराको बजारमा ओमोडा ई५ डीएलएक्स र अफरोडर एसयूभी जेको जे६
पोखरा, २८ भदौ/ पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स सार्वजनिक गरेको छ । उद्योगी, व्यवसायी, पोखरास्थित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहित सर्वसाधारणको उपस्थितिमा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको छ । जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरियो भने ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र इलाइट मोटर्सका चेयरम्यान… पुरा पढौ

पोखरामा लोटस ट्राभल्सले सञ्चालनमा ल्यायो सुपर एसि भिआइपी बस

पोखरामा लोटस ट्राभल्सले सञ्चालनमा ल्यायो सुपर एसि भिआइपी बस
पोखरा, २८ भदौ/ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गतको लोटस ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउदै गरेको विजयादशमी लगायतका चाडपर्वलाई लक्षित गरी सो ट्राभल्सले सुविधासम्पन्न सोफासेटको सिट जडान गरिएको अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको सुपर एसि भिआइपी दुई वटा बसबाट सेवा सुरु गरेको हो । केही दिनभित्रमा थप दुई वटा बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राका लागि आधुनिक सोफा सेट, एसी, हिटर,मोवाइल चार्ज गर्ने प्वाइट… पुरा पढौ

तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा

तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा
तनहुँ, २८ भदौ /चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रुपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । “दमौलीलाई पर्यटकीय नगरीका रुपमा विकास भइरहेको, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्”, उनले भने, “म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु ।” उनले दमौलीमा पहिलो पटक… पुरा पढौ

बुद्ध एयरको पहिलो एटीआर विमानलाई बिदाई

बुद्ध एयरको पहिलो एटीआर विमानलाई बिदाई
पोखरा, २५ भदौ/ नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको बुद्ध एयरको एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी (वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको छ । जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छन् । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ । विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान… पुरा पढौ

यती एयरलाइन्स र होटल संघ पोखरा बीच सम्झौता

यती एयरलाइन्स र होटल संघ पोखरा बीच छुट सम्बन्धी सम्झौता
पोखरा, २४ भदौ/ यती एयरलाइन्स र होटल संघ पोखरा बीच छुट सम्बन्धी सम्झौता भएको छ । यती एयरलाइन्स पोखराका म्यानेजर राम लामिछाने र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी विच छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार होटल संघ पोखराका ३ सय भन्दा बढि सदस्यहरुले यती एयरलाइन्समा यात्रा गर्दा १० प्रतिशत छुट दिने सहमती भएको म्यानेजर लामिछानेले बताए । उनले यती एयरलाइन्सको सेवा लिने यात्रुका लागि यात्राका क्रममा पिनट, चक्लेट र जुस समेत दिन शुरु गरेको बताए । पुरा पढौ

पोखरा- काठमाडौं- पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

पोखरा काठमाडौं पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा
पोखरा, २४ भदौ/ श्री एयरलाइन्सले पोखरा- काठमाडौं–पोखरा उडान गर्नेलाई १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको छ । असोज ४ गतेसम्म श्री एयरलाइन्सले पोखरा–काठमाडौं वा काठमाडौं–पोखरा यात्रा गर्दा एउटा किन्दा एउटा टिकट निःशुल्क दिने भएको हो । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले एक टिकट किन्दा अर्को निःशुल्क दिने अफर ल्याएको बताए । भदौ २३ गते देखी असोज ४ गतेसम्म खरिद गर्नेले उक्त सुविधा पाउने उनले बताए । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने मानन्धरले बताए । जहाज… पुरा पढौ

टेवानको आयोजनमा पोखरामा तीज सांस्कृतिक महोत्सव

टेवानको आयोजनमा पोखरामा तीज सांस्कृतिक महोत्सव
पोखरा, १६ भदौ/ पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार भदौ २१ र २२ गते… पुरा पढौ