अर्थतन्त्र

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, २८ साउन/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन भदौको अन्तिममा हुदैछ । चुनाबमा अध्यक्ष सहित पदाधिकारीहरु र सदस्यहरुको प्यानल बनाएर नै चुनावी मैदानमा जाने तयारीमा छन् । पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी ब्यबसायी सदस्य रहेका छन् । उनीहरुले नै मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने ब्यबस्था रहेको छ । संघका बर्तमान कार्यसमितिका अध्यक्ष पवन कुमार प्रजापतिले पुनः अध्यक्ष बन्ने चाहना प्रकट नगरेको र कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका गोकर्ण कार्की अगाडी बढेका छन्… पुरा पढौ

सहकारीको समसामायिक विषयमा प्रधानमन्त्रीलाई महासंघले जानकारी गरायो

सहकारीको समसामायिक विषयमा प्रधानमन्त्रीलाई महासंघले जानकारी गरायो
पोखरा, २८ साउन/ राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने र दिर्घकालिन रुपमा गर्नुपर्ने विषयमा जानकारी गराए । प्रधानमन्त्री ओलीले सहकारीलाई विशेष महत्व दिएर जानकारी लिदै यसको विषयमा छलफल गर्ने बताए । महासंघका अध्यक्ष मल्लले सहकारी ऐन २०७४ मा रहेको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने विषय… पुरा पढौ

सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार

सेलवेज तथा सेल्सबेरीको लक्की ड्रमा कृति नकर्मीले जितिन् कार
काठमाडौं, २७ साउन/ सेलवेज तथा सेल्सबेरी संचालन गरेको लक्की ड्रमा सितापाइलाकी कृर्ति नकर्मीे एमजीको इभि कार जितेकी छन् । सेलवेज क्यास एण्ड क्यारी प्रा. लिले सञ्चालन गरेको सेलवेज र सेल्सबेरीले ग्राहकलाई लक्की ड्रमा उनले बम्पर उपहार कार जितेकी हुन् । साउन २६ गते खोलीको लक्की ड्रमा विनायक कोलोनीका रोशा ताम्राकारले पहिलो उपहार इलेक्टिकल स्कुटर जितेका छन् । त्यसै गरी भैसेपाटीकी वर्षा श्रेष्ठले दोस्रो उपहार स्माट टिभि जित्न सफल भएकी छन् । तेस्रो उपहार मुलपानीका रोशन राइले माइक्रो ओभन जित्न सफल… पुरा पढौ

फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी पोखरा बजारमा

फ्रेस एयर, एयर प्युरिफायरसहितको अत्याधुनिक प्रविधिको टेस्ला एसी पोखरा बजारमा
पोखरा, २६ साउन/ फ्रेस एयर प्रविधि, एयर प्युरिफाई र एयर कन्डिसनर गरी तीन वटै सिस्टम एकै ठाउँमा भएको एसी पोखराको बजारमा भित्रिएको छ । टेस्ला ब्राण्डमा भूलक्ष्मी ग्रुपले अत्याधुनिक प्रविधिको एसी नेपाली बजारमा भित्र्याएको हो । टेस्ला ब्राण्डको ‘टि फ्रेस सिरिज’को यो एसी ‘ब्लु मिनी विङ आईआई’ हो । यस्तो विशेषता भएको एसी पोखरा बजारमा पहिलो भएको कम्पनीका संस्थापक किरण आचार्यको दाबी छ । अहिलेसम्म बजारमा फ्रेस एयर फ्यान, एयर प्युरिफायर र एसी अलग अलग पाउने अवस्था थियोू, आचार्य थप्छन्… पुरा पढौ

पोखरामा पुस तेस्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल

पोखरामा पुस तेस्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल
पोखरा, १८ साउन/ पोखरामा पुस तेस्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपाला प्रालिको आयोजनामा पोखरामा पुस १४ गतेदेखि १८ गतेसम्म ‘नेपाल ईन्टरनेसनल बलुन फेष्टिभलको तयारी भएको हो । पोखरा–६ स्थित फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा हुने फेष्टिभल हुने आयोजक बलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुने हट एयर बलुन फेष्टिभलमा नेपाल सहित करीब ३० देशले बलुन प्रदर्शनीमा सहभागिता जनाउने उनले जानकारी दिए । फेष्टिभलमा… पुरा पढौ

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

सहकारीको आयकरलाई पूर्ववत दर कायम गर्न प्रयत्न गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
साउन, १५/ अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो पटक सहकारीमा सतप्रशित आयकर बृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत रहेको छ । महसंघले आर्थिक अध्यादेश पिच्छे सहकारीमा लाग्ने कर फरक फरक आउने गरेकोले सहकारी ऐन, २०७४ मा भएका करका व्यवस्था बमोजिम आर्थिक ऐनमा समेत स्पष्ट व्यवस्था हुनुपर्ने र कर अनुपालना वृद्धि गर्न… पुरा पढौ

रेवान पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन

रेवान पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन
पोखरा, ११ साउन/ रेष्टरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन भएका छन् । रेवानको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको निर्वमान अध्यक्ष नरेश भट्टराई, प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन भएका छन् । समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बानिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने,… पुरा पढौ

पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घरको शाखा

पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घरको शाखा
पोखरा, ८ साउन/ पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घर सञ्चालनमा आएको छ । करिब १ करोडको लागतमा दुई जना युवा व्यवासायीले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएका हुन् । दौरा–सुरुवाल, ढाका टोपी, सट, पाइन्ट, सुट लगाएतका पुरुषका लागि आवश्यक पर्ने सबै कपडाहरु पाइने सञ्चालकले बताए ।दौरा सुरुवालका विभिन्न डिजाइनका उच्चस्तरीय गुणस्तर र सिलाइलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको बताए । यस अगाडी काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घर पोखरामा शाखाका रुपमा सञ्चालनमा आएको हो । पछिल्लो समय घुम्दैफिर्दै पुरानै फेशनले महत्व… पुरा पढौ

सुलभको डिपार्टमेन्टल स्टोर्सको स्कुटर दुर्गा बजगाईले जितिन् (अरु उपहार कसकस्लाई)

सुलभको डिपार्टमेन्टल स्टोर्सको स्कुटर दुर्गा बजगाईले जितिन्
पोखरा, ३ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि ल्याएका उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको प्रथम पुरस्कारमा टिभिएसको स्कुटर दुर्गा बजगाईले जितेकी छन् ।जिल्ला प्रहरी कार्यालय कास्की एसपि मोहन थापाले लक्की ड्र तान्दा १००७३ नम्बरको दीपक पाठकको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे । द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर ३५४४१ की अनाकी नागालाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर २७०४२… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय पोखराले ७ प्रतिशत बढी राजश्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरा
पोखरा, २ साउन/ आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष ५ अर्ब २२ करोड राजस्व संकलन गरेकोमा यस आर्थिक वर्ष ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको छ । वार्षिक लक्ष्य ६ अर्ब ३९ करोड ४७ लाखको ८७ दशमलव १९ प्रतिशत प्रगति भएको कार्यालले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को भन्दा ३४ करोड ९५ लाख बढी राजस्व संकलन भएको छ । कार्यालयले… पुरा पढौ