पोखरामा च्याङग्रा किन्न ग्राहक धेरै पुगेपछि व्यवसायीले मूल्य बढाए

-


     क्लिक गण्डकी     
     असाेज २० गते २०८१ मा प्रकाशित


पोखरामा यसवर्ष च्याङग्राको मूल्य घट्यो

पोखरामा यसवर्ष च्याङग्राको मूल्य घट्यो

पोखरा, २० असोज/ दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य ग्राहक धेरै आएपछि व्यवसायीले बढाएका छन् । शनिबार सम्म २८ हजार विक्रि गरेको च्याङग्राको मूल्य आइतबार ३५ हजार सम्ममा विक्रि गरेको सिमपानीका व्यवसायीहरुले बताएका छन् ।

यसपटक धेरै च्याङग्रा आएका मूल्इ सस्तो हुने भनिएपछि माथीबाट च्याङग्रा र भेडा आउदै गरेका कारण यहाँ भएको व्यापारीले मूल्य बढाएका छन् ।

च्याङग्राको सख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकले नै बिक्री मूल्य घटाएका थिए । अघिल्लो वर्ष भन्दा यस वर्ष करिब ५ हजारले सस्तो रहेको व्यवसायीहरु अघिल्लो दिन सम्म बताउदै आएका थिए ।

ठाउँ अनुसार ५ देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएको व्यवसायीहरु बताउ छन् । गत वर्ष पोखरामा प्रतिगोटा ६० हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली ५५ हजार भन्दा कम भएको छ । सस्तो प्रतिगोटा २५ हजार सम्म पनि विक्रि भइरहेको छ ।

जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दसँै तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका अनुसार बुधबार सम्म ९ हजार च्याङग्रा जोमसोम देखि पोखराका लागि आएका छन् । त्यसै गरी अन्य क्षत्रेबाट पनि ४५ सय च्याङग्रा पोखराका लागि आएका छन् ।

३ वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् ।

विसं २०८० मा ७ हजार, २०७९ मा ६ हजार ८ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।