#भूकम्प

मनाङमा भूकम्पको धक्का

भूकम्प
पोखरा, २८ मंसिर/ हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का गएको छ । आइतबार दिउँसो १२ः५४ बजे भूकम्पको धक्का मापन गरिएको हो । मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । मंसिर २३ गते दार्चुलाको कालापानी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । पुरा पढौ

बागलुङ र रुकुमपूर्वको सिमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

भूकम्प
पोखरा, १ असोज/ रुकुमपूर्व र बागलुङको सिमा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । रूकुमपूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्ने केन्द्रबिन्दु भएर बेलुका ८ बजेर २५ मिनेट जदाँ ४ दशमलव ६ म्याीग्नच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लामा महशुस गरेका थिए । पुरा पढौ

गोरखा, दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का

भूकम्प
पोखरा, १८ भदौ/ सिन्धुपाल्चोकमा मंगलबार मध्यराति र गोरखामा मंगलबार भूकम्प गएको छ । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो । दोलखाको लापिलाङ केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने गोरखामा मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे । पुरा पढौ

म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु बनाएर भूकम्प

भूकम्प
पोखरा, २० साउन/ म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो । पुरा पढौ

नेपालमा बुधबार भूकम्पका तीन धक्का, कास्कीमा दुई पटक

भूकम्प
पोखरा, १४ जेठ/ बुधबार एकै दिन भूकम्पका तीन वटा धक्का महसुस भएको छ । बझाङ र कास्कीमा फरक–फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ… पुरा पढौ

पोखराको शिशुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

भूकम्प
पोखरा, ६ जेठ/ पोखराको शिशुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको जनाएको छ । दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पुरा पढौ

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २७ फागुन/ कास्कीको साइमाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो । ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पोखरा, पर्वत, तनहु लगाएतका ठाउँमा महशुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रापरेकाहरु उठाएको छ । भूकम्प पछि कतिपय घरबाहिर निस्केका थिए । यसअघि यस क्षेत्रमा फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र फागुन २३ गते म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको… पुरा पढौ

सिन्धुपाल्चोकमा भूकम्पः काठमाडौं, पोखरा लगाएतका शहरमा धक्का, कैदीको हात भाँचियो

भूकम्प
पोखरा, १६ फागुन/ सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु बनाए गएराति ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राति २ बजे ५१ मिनेटमा गएका भूकम्पको महशुस काठमाडौं, पोखरा लगाएतका शहरहरुमा पनि गरिएको थियो । भूकम्प मानवीय र ठूलो भौतिक क्षति केही नभएको प्रहरीले जानकारी दिएको छ । आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ भने भोटेकोशी गाउँपालिका वडा नम्बर ३… पुरा पढौ

नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

भूकम्प
पोखरा, २३ पुस/ नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । पुरा पढौ

नेपालमा भूकम्पको धक्का

भूकम्प
पोखरा, २३ पुस/ नेपालमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौं, चितवन, पोखरा लगाएतका शहरहरुमा महशुस भएको छ । काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि नेपालका ठाउँ ठाउँमा भूकम्प गइरहेका छन् । पुरा पढौ