#दुर्घटना

पोखराको सृजनाचोक नजिकै दुर्घटना

पोखराको सृजनाचोक नजिकै दुर्घटना
पोखरा, २६ जेठ/ पोखराको सृजनाचोक नजिकै दुर्घटना भएको छ । सृजनाचोकबाट जिरोकिलोमिटर तर्फ आउदै गरेको ग१ख ३६८९ नम्बरको नगर बसमा कार ठोकिएको हो । ग४च ६०८ नम्बरको इभि कार हेन्डिल लक्क भएपछि घुमेर बसमा ठोकिएको हो । दुर्घटनाबाट कार र बस दुबै क्षति भएको छ । कार चालक सामान्य घाइते भएका छन् । पुरा पढौ

सडकको डिभाइडरमा कार ठोकिदा युवकको मृत्यु , तीन घाइते

दुर्घटना
वीरगन्ज, २५ जेठ/ वीरगन्जमा भएको कार दुर्घटनामा युवकको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक दिउँसो सवा ३ बजेतिर गण्डक चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएको थियो । दुर्घटनामा घाइते भएका भारतको बिहारको नरकटीयागञ्जका अन्दाजी ३० वर्षीय बिटु सर्राफको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारका चालक नरकटीयागञ्जकै ४० वर्षीय गणेश सर्राफ, कारमा सवार त्यही… पुरा पढौ

मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

मोटरसाइकल दुर्घटना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु
झापा, २५ जेठ/ मोटरसाइकल दुर्घटनामा परी झापामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को मृत्यु भएको छ । मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका–४ बस्ने हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ ७ः५५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका–३ स्थित सानो केर्खामा उनी सवार प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा… पुरा पढौ

तनहुँमा दुर्घटना हुदाँ कास्कीका सरोजको मृत्यु

दुर्घटना
पोखरा, २२ जेठ/ सडक दुर्घटनामा परी कास्कीको माछापुच्छ«े गाउँपालिका ४, लाहाचोकका २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ । बुधबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका १, गुणादीस्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थर्पुबाट दमौलीतर्फ गइरहेको ग १ ख ९३९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा परी घाइते पौडेललाई प्रदेश अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको… पुरा पढौ

दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

दुर्घटना
तनहुँ, ११ जेठ/ तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप तीन जनाको मृत्यु भएको छ । शनिबार राति करिब १२ बजे जिप पुलबाट खसेर दुर्घटनामा परेको हो । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्… पुरा पढौ

पोखराबाट जादै गरेको बस तनहुँको म्याग्देमा दुर्घटना

दुर्घटना
पोखरा, ६ जेठ/ पोखराबाट जादै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देमा दुर्घटना भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो साढे २ बजे म्याग्दे गाउँपालिका वडा ४, घुम्तीबाट करिब २० मिटर तल खसेर छ । दुर्घटनामा अधिकांशको अवस्था सामान्य तथा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेमध्ये १५ जनाको प्रदेश अस्पताल दमौलीमा, ७ जनाको दमौलीको रत्नहरि अस्पताल र बाँकी ३ जनाको… पुरा पढौ

पोखराको लामेआहालमा पोखरा आउदै गरेका माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

पोखराको लामेआहालमा पोखरा आउदै गरेका माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु
पोखरा, ३१ बैशाख/ पोखरा–३२, लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा मृतकको सनाखत भएको छैन । दुर्घटनामा चालक सहित ८ जना घाइते भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो । बाँकी ७ घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ । https://www.youtube.com/watch?v=dNs8J9LhQCU&t=3s&ab_channel=GandakiNews पुरा पढौ

पोखराको पुम्दिभुम्दिमा बस दुर्घटना, २८ जना घाइते, २ जनाको अवस्था गम्भीर

पोखराको पुम्दिभुम्दिमा बस दुर्घटना, २८ जना घाइते, २ जनाको अवस्था गम्भीर
पोखरा, ३१ बैशाख/ पोखरा २२ शान्तिस्तुप नजिकै दुर्घटना हुदाँ २८ जना घाइते भएका छन् जनमा २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए । तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेज ल्याइएको थियो । छत्तिसगढबाट आएका पर्यटकहरू पोखरा भ्रमणका लागि आएका थिए र दुर्घटना घुम्तीमा गतिको कारण भएको प्रहरीको अनुमान छ । दुर्घटनामा ६५ रेखा साहु र ६१ कोमलराम साहु गम्भीर रहेको, बाँकीको अवस्था सामान्य रहेकाले होटलमै पठाएको कास्कीका प्रहरी… पुरा पढौ

मोटरसाइकल दुर्घटना हुदाँ दाजुभाइको मृत्यु

दुर्घटना
नवलपुर, २८ बैशाख/ नवलपुरको कावासोती नगरपालिका–१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ । मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंबरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका– ११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

पोखराका देवेन्द्र बास्तोलाको दुर्घटनामा निधन

पोखराका देवेन्द्र बास्तोलाको दुर्घटनामा निधन
पोखरा, २७ बैशाख/ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य एवं युवा नेता देवेन्द्र बास्तोलाको दुर्घटना परि निधन भएको छ । शनिबार लेखनाथ तालवेंसीमा मोटरसाइकल दुर्घटना हुँदा निधन भएको आफन्तले जानकारी दिएका छन् । उनी ४६ वर्षका थिए ।उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत थिए । पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए । लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध थिए । उनका… पुरा पढौ