तनहुँमा दुर्घटना हुदाँ कास्कीका सरोजको मृत्यु

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २२ जेठ/ सडक दुर्घटनामा परी कास्कीको माछापुच्छ«े गाउँपालिका ४, लाहाचोकका २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ ।

बुधबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका १, गुणादीस्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

थर्पुबाट दमौलीतर्फ गइरहेको ग १ ख ९३९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा परी घाइते पौडेललाई प्रदेश अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बसचालक शुक्लागण्डकी १० का ३४ वर्षीय तारापति शर्मा प्रहरीको नियन्त्रणमा छन् ।



Tags: