#दुर्घटना

गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

गाडीको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु
दमौली, २८ चैत/ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा शनिबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा११च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग१९प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौंडामा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी चालकलाई प्रहरीले… पुरा पढौ

पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना
पोखरा, ९ चैत/ पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग२च २१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री पोखरा महानगरपालिका–२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विकको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । पुरा पढौ

पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु

पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
पोखरा, २१ फागुन/ पोखरा महानगरपालिका–१७ सितापाइला मार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। ग २६ प ३३६७ नम्बरको स्कुटर चालक पोखरा–१७ घारीपाटन बस्ने १७ वर्षीय रबिन सुनारले स्कुटर चलाउने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर पछाडि सवार मुलकुनाकी १६ वर्षीया जेनिसा क्षेत्री गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक क्षेत्रीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा… पुरा पढौ

तनहुँमा बस र स्कुटर ठोक्किँदा स्याङ्जाका थापाको मृत्यु

दुर्घटना
तनहुँ, २८ मंसिर/ तनहुँमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६, मौरीभीरस्थित सडकमा ग१ख ९४०६ नम्बरको बस र गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आइतबार दिउँसो ठोक्किएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–७, भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पुरा पढौ

पोखराको हेम्जामा सवारी दुर्घटना, एक व्यक्तिको मृत्यु, फरार चालक नियन्त्रणमा

पोखराको हेम्जामा सवारी दुर्घटना, एक व्यक्तिको मृत्यु, फरार चालक नियन्त्रणमा
पोखरा, ३ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २५, हेम्जा स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ। नौडाँडाबाट पोखरातर्फ आउँदै गर्दा अन्दाजी ५५ वर्षका एक पुरुषलाई ठक्कर दिई फरार भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल, पोखरा पठाइएको थियो। तर, अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरी अनुसन्धानका क्रममा कार्तिक ३ गते पोखरा–१०,… पुरा पढौ

पोखरा १३ मा स्कर्पियो दुर्घटना

पोखरा १३ मा स्कर्पियो दुर्घटना
पोखरा, १७ असोज/ पोखरा १३ मा स्कर्पियो दुर्घटना भएको छ । बिहान भएको पोखरा १३ पाटनबेशीमा दुर्घना भएको हो । स्कर्पियो सडकबाट घरको पर्खालमा ठोकिदै अगाडी बढेको थियो । दुर्घटनामा मानविय क्षति नभएको तर भौतिक क्षति भएको छ । दुर्घटनाबाट स्कर्पियोमा क्षति पुगेको छ भने घर सटरमा पनि क्षति पुगेको छ । पुरा पढौ

पोखराको विन्ध्यवासिनीमा दुर्घटनाः सासुको मृत्यु, बुहारी घाइते

पोखराको विन्ध्यवासिनीमा दुर्घटनाः सासुको मृत्यु, बुहारी घाइते
पोखरा, ९ असोज/ पोखरामा भएका दुई छुट्टाछुटै दुर्घटनामा पनि २ जनाको मृत्यु भएको छ । विन्ध्यवासिनी र छोरेपाटनमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको हो । विन्ध्यवासिनी नजिकै भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । सासु र बुहारी सवार स्कुटरमा च्यांग्रा बोकेको गाडीले ठक्कर दिँदा सासुको घटनास्थलमै ज्यान गएको छ भने घाइते भएकी बुहारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै, अपरान्ह छोरेपाटन क्षेत्रमा भएको अर्काे दु्र्घटनामा पनि १ जनाको मृत्यु भएको छ । दुर्घटनाको सबै विवरण… पुरा पढौ

गोरखामा रात्री बस दुर्घटना

दुर्घटना
गोरखा, १७ भदौ/ गोरखामा रात्री बस दुर्घटना भएको छ । काठमाडौंबाट गोरखा आउदै गरेको रात्री बस भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेशमा दर्ता भएको ४१३१ नम्बरको बस बिहान पौने ६ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् । पुरा पढौ

कार दुर्घटना हुदाँ डा. विपल्व भट्टको मृत्यु

कार दुर्घटना हुदाँ डा. बिपल्ब भट्टको मृत्यु
पोखरा, १४ भदौ/ चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृुत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार दुर्घटनामा परेको हो । गएराती करिब १ः३० बजे कार अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोुक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा विपल्व भट्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उनको राति २ नै मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

पार्किङ गरेको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

दुर्घटना
काठमाडौं, १३ भदौ/ काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थितमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । गएराति सडकको पेटीको छेउमा रोकी राखेको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटरले ठक्कर खाँदा नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय स्कुटर चालक शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारको लागी तत्काल ट्रमा सेन्टर लगिएको थियो । घटनामा संग्लन… पुरा पढौ