गोरखामा रात्री बस दुर्घटना

-


     क्लिक गण्डकी     
     भाद्र १७ गते २०८२ मा प्रकाशित


दुर्घटना

दुर्घटना

गोरखा, १७ भदौ/ गोरखामा रात्री बस दुर्घटना भएको छ । काठमाडौंबाट गोरखा आउदै गरेको रात्री बस भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेशमा दर्ता भएको ४१३१ नम्बरको बस बिहान पौने ६ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् ।



Tags: