
दुर्घटना
पोखरा, ३१ असार/ पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्वत घर भएका एक युवाको निधन भएको छ।
पोखरा महानगरपालिका–४ पालिखेचोकमा बुधबार बिहान करिब २ः३५ बजे ग १६ प २४१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पर्वत घर भएका एक युवाको निधन भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनारको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्दै आएका २२ वर्षीय राहुल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।





