#चट्याङ

पर्वतमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ
पर्वत, १२ वैशाख/ पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । पुरा पढौ

लमजुङ र कैलालीमा चट्याङ लागेर ३ जनाको मृत्यु, ६ जना घाइते

चट्याङ
पोखरा, १२ असार/ लमजुङ र कैलालीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताए । यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको छ । त्यसै गरी… पुरा पढौ

कास्कीको माछापुच्छ«ेमा चट्याङ लागेर भेडा मरे

चट्याङ
पोखरा, ९ असार/ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ च्याङलुङमा चट्याङ लाग्दा भेडा मरेका छन् । असार ५ गते बेलुका परेको चट्यङका कारण ३२ वटा भेडा मरेका छन् । गाउँमा एसखर्कको शिरा भूमिबराह भेडा फारमका ती भेडा मरेको फार्म सञ्चालक लीलबहादुर क्षत्रीले जानकारी दिए । फार्ममा २ सय भेडा थिए । उनले चट्याङले करिब ७ लाख क्षति भएको उनले बताए । उनले पछिल्ला समयमा सरकारी निकायले भेडा, बाख्राको पशु बिमाको व्यवस्था नगर्दा क्षतिपूर्तिका लागि समस्या भएको बताए । क्षत्रीले माछापुच्छ«े… पुरा पढौ

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

चट्याङ
पाल्पा, ३ असार/ चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनएको छ । पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगेपनि चेकजाँचको क्रममा डाक्टरहरुले मृत घोषणा गरेका थिए । पुरा पढौ

चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु

चट्याङ
चैत ७ / पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए । मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय उनी मंगलबार राति गस्ती गरिरहेको बेलामा पानी र चट्याङ परिरहेको थियो । गस्ती गरी फर्किएर ब्यारेकको ढोकामा उभिरहेका उनलाई चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र… पुरा पढौ

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

चट्याङ
गुल्मी, २८ असार/ गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गुल्मी मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । बुधबार साँझ घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिए । पुरा पढौ

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ
पोखरा, १० असार/ पोखरामा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे आफ्नै घरमा चट्याङलागेर बेहोस भएका ४९ बर्षिय देबबहादुर विकको मृत्यु भएको हो । चट्याङ लागेर ढलेका उनको मेट्रोसिटी अस्पताल पोखरा उपचारका लागि ल्याएपनि चिकित्सकले मृत घोषण गरेका थिए । उनी ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेर ढलेका थिए । शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखेको प्रहरीले जानकारी दिएको… पुरा पढौ

पोखराको कालिकामा दुई घरमा चट्याङ

चट्याङ
पोखरा, २ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २८ मा गएराति चट्याङ पर्दा दुई घरमा क्षती पुगेका छ । पोखरा २८ कालिकामा शिव अधिकारी र दिपक भुजेलको घरमा चट्याङ पर्दा क्षती भएको जिल्ला समन्वय कास्कीका पुर्व अध्यक्ष बैनबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार शिव अधिकारीको घरमा बन्नै नमिल्ने गरेर क्षती पुरेको र दिपक भुजेलका घरमा क्षती गरेको बताए । घरमा रहेका भाडामा क्षती पुगेको छ भने अधिकारीको घर ठाउँमा ठाउँमा चर्किएको उनले बताए । घरका सदस्यहरु घर बाहिर रहेको बेला… पुरा पढौ