कास्कीको माछापुच्छ«ेमा चट्याङ लागेर भेडा मरे

-


     क्लिक गण्डकी     
     असार १० गते २०८१ मा प्रकाशित


चट्याङ

चट्याङ

पोखरा, ९ असार/ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ च्याङलुङमा चट्याङ लाग्दा भेडा मरेका छन् । असार ५ गते बेलुका परेको चट्यङका कारण ३२ वटा भेडा मरेका छन् ।

गाउँमा एसखर्कको शिरा भूमिबराह भेडा फारमका ती भेडा मरेको फार्म सञ्चालक लीलबहादुर क्षत्रीले जानकारी दिए ।

फार्ममा २ सय भेडा थिए । उनले चट्याङले करिब ७ लाख क्षति भएको उनले बताए । उनले पछिल्ला समयमा सरकारी निकायले भेडा, बाख्राको पशु बिमाको व्यवस्था नगर्दा क्षतिपूर्तिका लागि समस्या भएको बताए ।

क्षत्रीले माछापुच्छ«े गाउँपालिका लगायत सबै सरकारी निकायलाई क्षतिका बारेमा जानकारी दिएको बताए । च्याङलुङबाट निकै टाढा करिब ३ हजार ४ सय मिटर उचाइमा भेडी गोड थियो ।



Tags: