
चट्याङ
पोखरा, १० असार/ पोखरामा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति साढे ११ बजे आफ्नै घरमा चट्याङलागेर बेहोस भएका ४९ बर्षिय देबबहादुर विकको मृत्यु भएको हो । चट्याङ लागेर ढलेका उनको मेट्रोसिटी अस्पताल पोखरा उपचारका लागि ल्याएपनि चिकित्सकले मृत घोषण गरेका थिए ।
उनी ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेर ढलेका थिए । शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखेको प्रहरीले जानकारी दिएको छ ।





